सुन्दरीजल आइपुगेको मेलम्ची घरघर पुग्न अझै केही हप्ता कुर्नुपर्ने

Advertisement

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले चैतको तेस्रो सातासम्ममा मेलम्चीको पानी काठमाडौंवासीको घर घरमा पुग्ने बताएको छ । तर, यसरी पुग्ने पानी परीक्षणको रुपमा मात्रै हो । नियमितरुपमा पानी काठमाडौंवासीको घरमा पुग्ने भने छ–सात हप्ता कुनुपर्ने देखिन्छ । 

गत साना नै सुन्दरीजल आइपुगेको मेलम्चीको पानी परीक्षणको रुपमा चैत दोस्रो सातासम्ममा छोड्ने तयारी भइरहेको समितिले बताएको छ । 
समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार अहिले संकलन र प्रशोधनको काम भइरहेको छ र परीक्षणका रुपमा छोड्न कार्यतालिका तयार भई काम अघि बढेको छ । 

Advertisement

काठमाडौंवासीले दशकौंदेखि कुर्दै आएको यस आयोजना सम्पन्न गर्न राजनीतिक खिचातानी, कमजोर व्यवस्थापन, अनियमितता, नाकाबन्दी र भूकम्प जस्ता कारणले ढिलाई हुँदै आएको थियो । खत्रीले परीक्षणको रुपमा पानी वितरण सफल भएपछि वितरण कार्य एक महिना रोकेर ‘फुल फेज’ ढंगबाट व्यवसायिकरुपमा वितरण गरिने बताएका छन् । 

मेलम्चीबाट काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइने तयारी गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले वितरण गर्ने यो पानी मेलम्चीबाट २७ किलोमिटर लामो सुरुङ निर्माण गरी सुन्दरी जलमा ल्याइएको छ । 

Advertisement

Advertisement