सुनको मूल्य चार सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा चार सय रुपियाँले बढेर ८६ हजार आठ सय रुपियाँ कायम भएको छ । बुधबार यसको मूल्य प्रतितोला ८६ हजार दुई सय रुपियाँ थियो । 

यता तेजावी सुनको मूल्य पनि प्रतितोला चार सय रुपियाँले नै बढेर ८६ हजार ३५० रुपियाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला ८५ हजार ७५० रुपियाँ थियो । 

Advertisement

बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपियाँ बढेर एक हजार २८५ रुपियाँ कायम भएको महासंघले जानकारी दिएको छ । बुधबार यसको मूल्य प्रतितोला एक हजार २७० रुपियाँ थियो ।  
 

Advertisement

Advertisement