सूर्योदय लघुवित्तले घोषणा गर्यो लाभांश

Advertisement

काठमाडौँ । सूर्योदय लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १६.१५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

आइतबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५.३४ प्रतिशत बोनस शेयर र ०.८० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव राजेन्द्र न्यौपानेले जनाएका छन् ।

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी २१ करोड ५० लाख ४२ हजार ९ सय २५ रुपियाँ छ । राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिने कम्पनी सचिव न्यौपानेले बताए । 

Advertisement

Advertisement