ठेकेदार भेटवाल जम्मा एक लाख ९० हजार रुपियाँ धरौटीमा रिहा

Advertisement

काठमाडौं । काठमाडौं भ्यू टावर निर्माणको जिम्मा पाएका ठेकेदार १३ करोड रुपियाँभन्दा बढी सार्वजनिक सम्पत्ति हिनामिनाको आरोपमा पक्राउ  परे पनि अदालतले जम्मा करिव दुई लाख रुपियाँ धरौटीमा रिहा गरेको छ । 

विशेष अदालत अदालतका न्यायाधीसत्रय बलेन्द्र रुपाखेती, चन्द्रबहादुर सारु र प्रेम कार्कीको इजलाशले उनलाई एक लाख ९० हजार हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । साविकको रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको सम्पत्ति हिनामिना गरेको आरोपमा पक्राउ परेका उनलाई सामान्य रकम धरौटीमा रिहा गरिएको छ । 

Advertisement

उक्त आरोपमा भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौटीमा छुटेका छन् । कुल ४० करोड भन्दा बढी सम्पत्ति हिनामिना भएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटवालसँग १३ करोड २६ लाख विगो र १० बर्ष कैद सजाय माग दाबीसहित केही दिनअघि मुद्दा दायर गरिएको थियो । 

पुूनो बसपार्कमा भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक भेटवाल पटक पटक यस्ता प्रकरणमा मुछिँदै आएका छन् । 

Advertisement

Advertisement