आयातमा भारी वृद्धि, सात महिनामै आठ खर्ब तीन अर्ब रुपियाँको सामान आयात

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनासम्म घट्दो दरमा रहेको नेपालको आयात माघ महिनामा आइपुग्दा बढेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो सात महिनाको तुलनामा यस बर्ष माघसम्म आयातमा शुन्य दशमलव ०१ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो बर्ष सोही अवधिमा आयात तीन दशमलव  छ प्रतिशतले घटेको थियो भने चालु आर्थिक बर्षको पुससम्म पनि आयात घट्दो दरमा रहेको थियो । तर, नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको सात महिनाको मुलुकको आर्थिक अवस्थामा आयात बढेको देखिएको हो । 

Advertisement

सोही अवधिमा निर्यात भने सात दशमलव छ प्रतिशतले वृद्धि भई ६९ अर्ब रुपियाँको वस्तु तथा सेवा निर्यात भएको छ । जबकी अघिल्लो बर्ष सोही अवधिमा निर्यात २२ दशमलव चार प्रतिशतले बढेको तथ्यांक छ । 

समीक्षा अवधिमा कुल व्यापार घाटा शुन्य दशमलव सात प्रतिशतले घटेर सात खर्ब ३३ अर्ब रुपियाँ कायम भएको छ । अघिल्लो बर्ष यस्तो घाटा पाँच दशमलव तीन प्रतिशतले घटेको थियो । आयातको तुलनामा निर्यातको अनुपात साह्रै न्यून हुँदा निर्यात वृद्धि भए पनि व्यापार घाटामा खासै सुधार हुन सकेको छैन् । अहिले निर्यातको तुलनामा आयात आठ दशमलव सात प्रतिशतले बढि छ । 

कोरोना भाइरस (कोभिड १९) महामारी र सोही महामारी नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण आर्थिक गतिविधि शिथिल भई आयातमा कमी आएको थियो । तर, पछिल्ला दिनमा आर्थिक तथा व्यवसायिक गतिविधि बढेसँगै  निर्यातमा उच्च वृद्धि भएको छ । 

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १० प्रतिशत र चार दशमलव नौ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ४७ दशमलव ७ प्रतिशतले कमी आएको छ । वस्तुगत
आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल,
जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

मुलुकका आधारमा भारतबाट भएको आयात सात दशमलव प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १२ दशमलव ४ प्रतिशत र १० दशमलव ८ प्रतिशतले कमी आएको छ । 

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

Advertisement

Advertisement