भारतबाट प्राकृतिक ग्यास आयात गरेर रासायनिक मल कारखाना खोल्न सकिने सुझाव

Advertisement

काठमाडौं । रासायनिक मल कारखानाको संभाव्यता अध्ययन गर्न तीन जना मन्त्रीहरु राखेर बनाइएको कार्यदलले भारतबाट प्राकेतिक ग्यास आयात गरेर मात्रै नेपालमा त्यस्तो कारखाना खोल्न सकिने सुझावसहितको प्रतिवेदन तयार पारेको छ । 

अर्थमन्त्री बिष्णु पौडेल संयोजक र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्या अर्याल सदस्य रहेको कार्यदलले बुझाएको प्रतिवेदन भारतबाट प्राकृतिक ग्यास आयात गरेर त्यस्तो रासायनिक मल कारखाना खोल्न सकिने सुझाव दिएको हो । 

Advertisement

आइतबार प्रधानमन्त्री केपी ओलीलाई बुझाइएको उक्त प्रतिवेदनमा खर्बौं रुपियाँ लगानी गरेर नेपालले स्थापना गर्ने रासायनिक मल कारखानाका लागि आवश्यक कच्च पदार्थमा भारत परनिर्भर बनाउने षडयन्त्र गरिएको हो । कार्यदलले प्राकृतिक ग्यासमार्फत सञ्चालन हुने कारखानामा एक खर्ब तीन अर्ब र वाटर इलेट्रोसिस प्रविधिमा सञ्चालन हुनेलाई एक खर्ब ८९ अर्ब रुपियाँ लगानी हुने अनुमान गरिएको छ । 

कार्यदलले नेपालमा प्राकृतिक ग्यास प्रविधिमा आधारित मल कारखाना स्थापना र सञ्चालन गर्न सकिने सुझाव दिँदै त्यस्तो ग्यास भारतबाट आयात गर्न सकिने बताएको छ । पछिल्ला दिनमा रासायनिक मलभन्दा प्राङगारिक मलको प्रयोगमा जोड दिनुपर्ने र बिषादीरहित अर्गानिक खानेकुराहरुको माग बढिरहेको बेला भारत निर्भर भएर खर्बौं रुपियाँमा रासायनिक मल कारखाना स्थापनाको योजना अघि बढाइएको हो । 

Advertisement

Advertisement