नेपाल टेलिकमको सञ्चालकमा अम्बिका पौडेल निर्विरोध चयन

Advertisement

काठमाडौं । अम्बिकाप्रसाद पौडेल नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा निर्विरोध चयन भएका छन् । बिहीबार मनोनयन दर्ता गराएका उनले निर्विरोध भएका हुन् । आज बिहान ११ बजेदेखि २ बजेसम्म मनोनयन दर्ताको लागि समय तोकिएको थियो  । 

यद्यपि निर्वाचन प्रक्रियाअनुसार शुक्रबार बेलुकीसम्म कसैको दाबीविरोध परे त्यसउपर छानबिन हुने र अन्तिम नामावली भने चैत ८ गते प्रकाशित गरिने निर्वाचन अधिकृत दीपक सुवेदीले जानकारी दिए । एकभन्दा बढिको उम्मेदवारी परेको भए निर्वाचन गर्नुपर्ने बाध्यता हुन्थ्यो । 

Advertisement

सर्वसाधारण सेयरधनीको तर्फबाट पौडेलले आफ्नो मनोनयन दर्ता गराएका थिए । उनी सेयर बजारका अग्रणी लगानीकर्ताको रुपमा चिनिन्छन् । नेपाल टेलिकम सरकारको मुख्य लगानी रहेको पब्लिक कम्पनी हो जसको सञ्चालक समितिको अध्यक्षसहित अधिकांश सञ्चालक सरकारले नियुक्त गर्छ । 

Advertisement

Advertisement