नक्कली भ्याट बिल प्रयोग गरी २ करोड ८९ लाख राजश्व छली गर्ने बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी २ करोड ८९ लाख ४ हजार ६ सय २ रुपियाँ राजश्व छली गर्ने बिरुद्ध मुद्दा दर्ता गरेको छ ।

विभागले भरतपुर महानगरपालिका २ स्थित सन्तोषी/लोहनी जेभी र सन्तोषी निर्माण सेवा प्राविका प्रबन्ध सञ्चालक केशवराज कँडेलसहित उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेल बिरुद्ध चैत ३ गते १ करोड ८९ लाख २७ हजार १ सय १२ रुपियाँ माग दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । 

Advertisement

त्यस्तै भरतपुर २ स्थित सन्तोषी÷रौताहा जेभी र सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक/मुख्य कारोबारी केशवराज कँडेल समेत उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेल बिरुद्ध ९२ लाख ७७ हजार ४ सय ९० रुपियाँ माग दाबी सहित चैत ३ गते नै अर्को मुद्दा दायर गरेको विभागले आज विज्ञप्ति प्रकाशित गरी जनाएको छ । 

मुख्य कारोबार कँडेलले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिहरुको नागरिकता र सहीछाप दुरुपयोग गरी त्यस्ता व्यक्तिहरुको नाममा राजश्व चुहावट गर्ने उद्देश्यले फर्महरु खडा गरी बस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिबृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसुर गरेको देखिएपछि मुद्दा दायर गरिएको विभागले जानएको छ ।  
 

Advertisement

Advertisement