केटिएम ब्राण्ड मोटरसाइकलले ल्यायो नयाँ 'केटिएम २५० एड्भेन्चर', मूल्य झण्डै रु. साढे सात लाख

Advertisement

काठमाडौं । मोटरसाइकल ब्राण्ड केटिएमले नयाँ ‘केटिएम २५० एड्भेन्चर’ लन्च गरेको छ । सात लाख ४९ हजार नौं सय रुपियाँ मूल्य निर्धारण गरिएको यस मोटरसाइकलको बुकिङ खुल्ला गरिएको छ । नेपालमा व्यापक रुपमा बढिरहेको एड्भेन्चर मोटरसाइकलको सेग्मेन्टलाई विस्तार गर्नको लागि यो मोटरसाइकल ल्याएको हंशराज हुलाशचन्द एण्ड कम्पनी प्रा.लि.ले जनाएको छ । 

यस अघिको केटिएम ३९० एड्भेन्चर निकै लोकप्रिय बन्न सफल भएको भन्दै कम्पनीले एड्भेन्चर बाइकिङको संसारमा अहिलेको मोटरसाइकल अझै लोकप्रिय हुने विश्वास  गरेको छ । उत्कृष्ट ह्यान्डलिङ र ईञ्जिनपन्चका साथ लाइटवेट प्याकेजमाआउने यो एड्भेन्चर केटिएम परिवारको नवीनतम संस्करण हो भन्दै कम्पनीले यसको बृहत् डिस्प्लेसमेन्ट सिब्लिङको इलेमेन्टहरूको प्रयोग गरेर केटिएम २५० एड्भेन्चर विशेषताहरु प्रदान गर्ने जानकारी दिएको छ । 

Advertisement

क्लास लिडिङ पर्फमेन्स
यो बाइक (मोटरसाइकल)मा शक्तिशाली २४८ सीसीको अत्याधुनिक डीओएचसीफोर–भल्भसिंगल सिलिन्डर लिक्विड कूल्ड ईन्जिन रहेको छ । यस इन्जिनले पावरब्यान्डमार्फत सहज र आत्मविश्वास–प्रेरणादायक डिलिभिरी प्रदान गर्ने जनाइएको छ । इलेक्ट्रोनिक फ्यूल ईन्जेक्शनले ३० एचपी (२२ किलोवाट) पावर र २४ एनएम टर्कमा प्रदर्शन संख्या बढाउन मद्दत गर्नेछ । 

Advertisement

Advertisement