नेपाली विज्ञहरुको सहभागितामा अष्ट्रेलियामा प्रकोप र महामारीसम्वन्धी सम्मेलन हुने

Advertisement

क्यानबेरा । अष्ट्रेलियामा रहेका नेपाली विज्ञहरुको सहभागितामा प्रकोप र महामारी विषयमा एक दिने सम्मेलन हुने भएको छ । क्यानबेरामा हुने सम्मेलन २७ मार्चमा बिहान ११ बजेदेखि राति ९ बजेसम्म चल्नेछ । 

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया डिजास्टर, इमर्जेन्सी एण्ड क्राइसिस म्यानेजमेन्ट टाक्स फोर्सको आयोजनामा हुन लागेको सोही क्षेत्रका विज्ञ डा. भरतराज पौडेलले जानकारी दिए । सम्मेलन आयोजना गर्न अष्ट्रेलियास्थित नेपाली दूतावास, नेपाल साइन्स फाउण्डेशन ट्रष्ट, अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एशोसियसन (एम्डा) र फेडरेशन अफ नेप्लिज कम्युनिटि एशोसियशन अफ अष्ट्रेलिया (फेन्का)को सहकार्य रहेको छ । 

Advertisement

पौडेलका अनुसार अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड १९) महामारीका क्रममा प्रकोप विज्ञहरुले खेलेको भूमिका, सिकाई र योगदानलाई आदानप्रदान गर्ने अवसरको रुपमा यो सम्मेलनलाई हेरिएको छ । सम्मेलनको मुख्य वक्ताको रुपमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले रहेका छन् ।   
 

Advertisement

Advertisement