नेपाल क्लियरिङ हाउसकोे नयाँ अध्यक्षमा रामबहादुर मानन्धर

Advertisement

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको  सञ्चालक समितिको बैठकबाट राम हादुर मानन्धर अध्यक्ष चयन भएका छन् । उनलाई आइतबार नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले अध्यक्ष पदको सपथ ग्रहण गराइन् । 

राष्ट्र बैंकसमेतको लगानी रहेको क्लियरिङ हाउसमा यसअघि राष्ट्र बैंककै नरेश शाक्य अध्यक्ष थिए । उनको विभाग परिवर्तन भएपछि मानन्धरले कम्पनीमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । कम्पनीमा राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक¬–एक जना प्रतिनिधि रहेका छन् । 

Advertisement

नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न यस कम्पनीको स्थापना गरिएको हो । यसले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्टआईपीएस, एनपीआई र कर्पोरेटपे प्रणाली सञ्चालन गर्दै आएको छ । 

Advertisement

Advertisement