अनलाइनमार्फत ५०० डलरसम्म विदेशबाट सामान किन्न पाइने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत विदेशबाट बस्तु तथा सेवा खरिद गर्दा डलरमा भुक्तानी गर्न पाउने सुविधा दिएको छ । अनलाइनमार्फत विदेशबाट बस्तु तथा सेवा खरिद वातपको भुक्तानी गर्न राष्ट्र बैंकले ५०० डलरसम्मको सटही सुविधा दिन सकिने गरी एक सूचना सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले बाणिज्य र विकास बैंकलाई अधिकतम ५०० डलर वो सो बराबरको विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको सूचनमार्फत जानकारी दिएको छ । केन्द्रीय बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरेर उक्त सूचना जारी गरेको जानकारी दिएको हो ।

Advertisement

राष्ट्र बैंकले विभिन्न माध्यमबाट अहिले पनि विदेशी वस्तु तथा सेवाको खरिद भइरहेको अवस्तामा औपचारिक प्रणालीभित्र ल्याउन यस्तो प्रयास गरेको हो । राष्ट्र बैंकका अनुसार प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी सकिन्छ । कार्ड प्रयोग गर्ने ग्राहकले ग्राहक पहिचान (केवाइसी) विवरण भर्नुपर्ने र प्यान नम्बर समेत लिएको हुनुपर्ने व्यवस्था गरेको  छ।

ग्राहकको अनुरोधमा कार्डमा उक्त दिनको विनिमय दरका आधारमा अधिकतम अमेरिकी डलर ५०० वा त्यो बराबरको अन्य विदेशी मुद्रा जम्मा गर्न सकिने व्यवस्था गरिएको छ । यस्तो व्यवस्था अनुसार ग्राहकले इच्छाएको समयमा कार्डवापतको उक्त रकम खर्चन सक्छन् । यो रकम एकैपटक वा पटकपटक गरेर एक वर्षभित्रमा खर्च गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ ।   

Advertisement

Advertisement