गर्मी लागेसँगै सिजीले ल्यायो आकर्षक फ्यानहरु बजारमा

Advertisement

काठमाडौं । गर्मी बढेलगतै इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले विभिन्न किसिमका नयाँ तथा आकर्षक पंखाहरु नेपाली बजारमा भित्राएको छ । नेपालकै सबै भन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्डको रुपमा परिचित सिजीले उपभोक्ताको मागलाई मध्यनगर गर्दै फरक फरक पंखाहरू बजारमा ल्याएको जानकारी दिएको हो । 

कम्पनीले यस्ता पंखाहरू नजिकको डिलरबाट खरिद गर्न सक्ने जानकारी दिएको छ । ती पंखाहरूमा सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, टेबुल फ्यान, वाल फ्यान, एगजस्ट फ्यान र रिचार्जऐबल फ्यानहरु रहेका छन् । 

Advertisement

हेर्दा निकै नै आकर्षक देखिने यी पंखाहरुमा नयाँ नयाँ विशेषताका साथै विभिन्न साईजमा पनि उपलब्ध छ ।  सिलिङ फ्यानको खरिदमा २४ महिनाको वारेण्टी पाउनुका साथै रिमोट पनि पाइन्छ । यी सिलिङ फ्यानहरु २४ इन्चदेखि ४८ इन्चसम्म उपलब्ध छन् । 

त्यस्तै स्ट्याण्ड फ्यानमा १२ महिनाको वारेण्टी र विभिन्न आकर्षक स्वरुपका मोडलहरुमा पनि पाइन्छ । स्ट्याण्ड फ्यानमै सिजीले बत्ति नभएको बेलामा समेत चलाउन मिल्ने रिचार्जेवल पंखाहरु पनि ल्याएको छ । यी फ्यानहरुमा १२ महिनाको वारेण्टी र आकर्षक रंगहरुमा उपलब्ध गराएको छ ।
 

Advertisement

Advertisement