किन तेस्रो पक्ष बीमा लोकप्रिय छ ? यस्तो छ चंकी क्षेत्रीको रोचक विश्लेषण

Advertisement

काठमाडौं । तेस्रो पक्ष बीमाा (थर्डपार्टी इन्स्योरेन्स)को आफ्नै महत्व छ । यो सवारी साधनसँग सम्बन्धित् बीमा हो । सरकारले एक दशक अगाडि नै तेस्रो पक्ष बीमालाई अनिवार्य गरेको थियो । भवितव्यबाट सुरक्षण पाउन यो बीमा निकै उपयोगी मानिदै आएको छ । तेस्रो पक्ष बीमा गरेको सवारी साधनले पुर्याउने जोखिमको रक्षावरण हुने भएकाले यो बीमा महत्वपूर्ण मानिन्छ ।

तेस्रो पक्ष बीमाले बीमितको आफ्नै सम्पत्तिको जोखिम बहन गर्दैन् । तर, आफूले चलाएको सवारीले अरुमाथि क्षति पुर्याएमा सो क्षतिको चाहीं जोखिम बहन गर्छ । दुर्घटना विभिन्न कारणले हुनसक्छ । दुर्घटनाको बेलामा आर्थिक हानी हुने गर्छ । सो हानीमा निकै हदसम्म बीमाले सुरक्षण दिन्छ । 
सवारी दुर्घटनामा व्यक्ति वा सम्पत्तिको क्षति हुनेगर्छ । त्यस्तो अवस्थामा चालकले बिमाङ्क पाउँछन् । सवारी साधनको क्षमता (सीसी)अनुसार तेस्रो पक्ष बीमाको बीमा शुल्क निर्धारण हुन्छ । निजी तथा व्यवसायिक सवारी साधनको बीमा शुल्क दर भिन्न–भिन्न तोकिएको हुन्छ । 

Advertisement

बसको बीमा शुल्क सिटअनुसार निर्धारण गर्नुपर्छ भने ट्रकको बीमा गर्दा कति टन क्षमता छ ? भनेर हेरिन्छ । सस्तोमा १५ सय रुपियाँमा मोटरसाइकलको तेस्रो पक्ष बीमा हुन्छ । तेस्रो पक्ष बीमा गरेको सवारीले कहिलेकाहीं घर वा सम्पत्तिको पनि क्षति गरिदिन्छ । त्यस्तो अवस्थामा क्षति भएको घरको खर्च बीमा कम्पनीले व्यर्होछन् ।

त्यस्तै, मोटरसाइकलको तेस्रो पक्ष बीमा गर्दा १५० सीसीभन्दा कम छ भने १५ सय रुपियाँ पर्छ । त्यस्तै, १५० सीसीदेखि २५० सीसीकोलाई १७ सय रुपियाँ पर्छ । दुई सय २५ सीसीभन्दा माथिको मोटरसाइकलको बीमा शुल्क १९ सय रुपियाँ पर्छ । 

जोखिम बहन
बीमा गरेको मोटरसाइकलले सम्पत्तिमा हानीनोक्सानी पुर्याएमा सोहीअनुसार कम्पनीले पैसा तिर्ने गर्छ । मोटरसाइकलले हानेर सम्पत्ति नोक्सान भएमा २५ लाख रुपियाँसम्म बीमाले व्यर्होछ । कुनै व्यक्तिलाई ठक्कर दिएमा तीन लाख रुपियाँ तथा अस्पताल भर्ना गर्नुपरेमा पाँच लाख रुपियाँ पाइने व्यवस्था छ । तर मोटरसाइकलले हानेको व्यक्तिको निधन भएमा पीडित पक्षलाई कम्पनीले आठ लाख रुपियाँसम्म दिने गर्छ । 

यस्तै, तेस्रो पक्ष बीमा गरेको चार पाङ्ग्रे सवारी साधनको हकमा भने सवारी दुर्घटनामा परेका पीडितलाई तीन लाख रुपियाँ दिइने व्यवस्था छ । सो व्यक्तिलाई अस्पताल राख्दा पाँच लाख तथा मृत्यु भएमा आठ लाख रुपियाँ दिने गरिन्छ । तेस्रो पक्ष बीमा गरेको निजी सवारी साधनले क्षति गरेमा बढिमा ५० लाख रुपियाँसम्म कभर हुन्छ । तर, तेस्रो पक्ष बीमा गरेको निजी सवारी साधनले क्षति पुर्याउँदा बढीमा ८० लाख रुपियाँसम्म कभर हुने व्यवस्था छ ।

सवारी बीमामा (कम्प्रेहेन्सिभ) व्यापक बीमाको सेवा समेत उपलब्ध छ । सो बीमा योजनामा भने बीमितले आफ्नो सवारी र अर्काको सवारी दुवै पक्षमा भएको क्षतिको बीमाङ्क पाउँछन् । थर्डपार्टी इन्स्योरेन्स चालकको ‘ब्लु बुक’ को आधारमा गरिन्छ । 

कस्तो अवस्थामा पाइँदैन दाबी भुक्तानी 
चालकले मदिरा सेवन गरेर सवारी चलाएको अवस्थामा बीमाको पैसा पाइँदैन । त्यस्तै, लाइसेन्स नभएका चालकले चलाएको सवारीमा समेत बीमा कम्पनीले पैसा भुक्तानी गर्दैैन् ।

बीमा भनेको एउटा सम्झौता हो । करार हो । सोहीअनुसार बीमा कम्पनीले बिमाङ्क भुक्तानी गर्ने हो । तर, यातायात बीमाको सन्दर्भमा बीमाको शर्तभन्दा बाहिरका सुविधा पनि खोज्ने गरेको पाइन्छ । यस्तो अवस्थामा कहिलेकाहीं समस्या पनि आउने गरेको छ । 

बीमा गरेपछि पैसा नपाउने भन्ने हुँदैन किनभने बीमा आर्थिक सुरक्षणकै लागि गर्ने हो । बीमाको सिद्धान्त पनि यही हो । बीमाको अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि बीमाले बीमितलाई तोकिएको संकटमा सहयोग गर्छ । तर, यसमा कुन बीमा गरेको हो ? भन्ने कुरा बीमा कम्पनीले मात्र नभई बीमित स्वमले समेत बुझ्न आश्वयक हुन्छ । 

हामीले सवारी बीमा कतिले गर्न आलटाल समेत गर्नेगरेको पाएका छौं । जसले तेस्रो पक्ष बीमा गरेको छ र दुर्घटनामा परी भुक्तानी पाएको छ, उसले बीमाको महत्व थाहा पाएको हुन्छ । हामीले सकेसम्म बीमितले पाउने बीमा शुल्क छिटो दिनुपर्छ भन्ने हिसाबले काम गरिरहेका छौं । अहिले सगरमाथा इन्स्योरेन्सले भीआईपी अन द स्पोट अवधारणमा काम गरिरहेको छ । यो अवधारणा भनेको दाबी भुक्तानीलाई तीव्र बनाऔं भन्ने हो । 

प्रमाणको लागि दुर्घटनाका फोटो
दुर्घटनाका दाबी–भुक्तानी गर्न कतिपय अवस्थामा बीमा कम्पनीहरूले फोटो माग्ने गर्छन् । फोटो माग्नु भनेको बीमितकै सुरक्षाको लागि हो । बीमितलाई दुःख दिनको लागि होइन । 

बीमा कम्पनीले पनि टुटफुटमा सघाउन बीमितलाई बीमाङ्क दिने हो । एउटा गाडिले अर्को गाडिसँग ठक्कर खाँदा बीमा कम्पनीले नयाँ गाडि दिने होइन । सोही कारण सही मान्छेले बीमाङ्क पाओस् भन्नका लागि केही प्रक्रियाहरू छन् । उक्त प्रक्रियाअनुसार बीमितसँग सोधखोज हुनेगर्छ । यसलाई बीमितहरूले आफ्नै लागि हो भनेर बुझ्नु जरुरी छ । 

कहिलेकाहीं एउटा गाडिले अर्को गाडिलाई ठक्कर दिँदा गाडि नै खोलामा हराउन पुग्छ । त्यस्तै, कतिपय मेशिनहरूमा आगलागी हुँदा त्यो पूर्णरुपमा नष्ट हुनसक्छ । त्यस्तो अवस्थामा कम्पनीले प्रमाण र रिर्पोटहरू राम्रोसँग खोज्नुपर्छ । त्यसमा केही समय पनि लाग्नसक्छ । तर, बीमाको सिद्धान्त भनेकै बीमितका लागि काम गर्ने हो । अहिले सगरमाथा इन्स्योरेन्समा मात्रै हेर्दा पनि लाखौँ चालकहरूले तेस्रो पक्ष बीमा हाम्रोमा गर्नु भएको छ । यो सबै बीमाको महत्वको कारणले हो । आवश्यकताले पनि हो । 

तेस्रो पक्ष बीमामा किन आकर्षण ? 
सरकारले अनिवार्य गरेपछि तेस्रो पक्ष बीमाको संख्या बढेको छ । तर, सडकमा गुडेका सबै गाडिहरूको बीमा भएका हुँदैनन् । तेस्रो इन्स्योरेन्स नगर्नेले सबै पैसा आफ्नै खल्तीबाट तिर्नुपर्छ । आफ्नै घर घरानाबाट पैसा तिर्नुपर्छ । कतिपय अवस्थामा चालकहरू जेल समेत चलान हुने गरेका छन् । 

दुर्घटना भनेको एउटा भवितव्य हो । दुर्घटनामा मानिसले अंगभंग हुनेदेखि ज्यानै गुमाउने खतरा हुन्छ । दुर्घटना नचाहाँदा–नचाहाँदै हुने कुरा हो । तर, जसले दुर्घटना अगाडि नै बीमा गरेको छ, बीमा उसको साथी बन्ने गर्छ । अकस्मात केही घटना भएमा पीडित पक्षले माग गरेको पैसा दिन तेस्रो पक्ष बीमा आवश्यक छ । 

तेस्रो पक्ष बीमा किन ?
तेस्रो पक्ष बीमा बीमितकै हितका लागि हो । थोरै बीमा शुल्क तिर्दा जोखिमपूर्ण यात्रामा बीमाले साथ दिन्छ । बीमा करले भन्दा पनि बुझेर गर्नुपर्ने विषय हो । आफूले गर्ने बीमाको बारेमा बीमितले पहिले नै बुझ्दा पछि अप्ठ्यारो पर्दैन । तेस्रोले दैनिक चलाउने सवारीबाट निम्तिने भवितव्यमा साथ दिन्छ । सोही कारण तेस्रो पक्ष बीमा आवश्यक छ । 

बीमा पुल 
२०७६ माघ महिनामा बीमा पुल सञ्चालनमा आएको थियो । अहिले कुनै पनि बीमा कम्पनीमा तेस्रो पक्ष बीमा गर्दा सम्पत्ति बीमा पुलमा जान्छ । त्यस्तै, बीमाको दाबी भुक्तानी समेत सोही पुलबाटै हुन्छ । यसको मतलब बीमितले जुनसुकै बीमा कम्पनीबाट तेस्रो पक्ष बीमा गराए पनि सो रकम बीमा पुलमै पुग्ने र भुक्तानी पनि पुलमार्फत हुने व्यवस्था गरिएको छ । 

विगतमा सवारी बीमाकै लागि भनेर यातायात व्यवस्था विभागको कार्यालय अगाडी निकै लाइन र भिडभाड हुने गथ्र्यो । अहिले सो कुरामा सुधार आएको छ । अहिले आवश्यकता अनुसार एउटा, दुई वटा कम्पनीहरू बस्छन् । अहिले भैरहवा, धनकुटा, पोखराका सवारी कार्यालयमा सगरमाथा इन्स्योरेन्सले सेवा दिईरहेको छ । 

तेस्रो पक्ष बीमाका सम्वन्धमा कर्पोरेट नेपालले सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्रीसँग गरेको  कुराकानीको सार

Advertisement

Advertisement