सिटी एक्सप्रेस मनी ट्रान्सफरले गर्यो एजेन्ट मिट कार्यक्रम

Advertisement

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत चैत्र ५, ६ र ७ गते  धनगढी, नेपालगन्ज र दाङ गरि ३ ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक÷एक दिने एजेन्ट् भेटघाट र एएमएल/सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । बिगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरि यस वर्षको प्रदेश ५,६ र ७ को एजेन्ट् मीट् २०७७ सम्पन्न गरिएको थियो ।

Advertisement

आन्तरिक विप्रेषण अन्तर्गत देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
 

Advertisement

Advertisement