कोरोनाको असर भयावह हुन नदिन सरकार चिन्तित, ‘मानिस सोत्तर भए भने अर्थतन्त्र के काम’: प्रधानमन्त्री

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको असर भयावह हुन नदिन सरकार सतर्क रहेको बताएका छन् । कोरोना महामारीको पनि महामारी भएको बताउँदै उनले यस्तो बताएका हुन् । यो फर्फी फर्की आउने महामारी हो । जेसुकै भनिए पनि सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने कार्य गरेर संक्रमणलाई स्ून्य तुल्याउनु यसको सबै भन्दा प्रभावकारी विधि रहेको उनको धारणा थियो । 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताए । 

Advertisement

‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या होकी ? स्थिति भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ,’ प्रधानमन्त्रीले थपे,  ‘अहिले स्थिति भयावह नभए पनि यसको अर्को जेनेरेशन चाहीँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ ।’
 
दिनैपिछे घट्दै आइरहेको संक्रमण दर फेरि बढदा सतर्क हुनुपर्ने अवस्था आएको बताए । कोभिड १९लाई  पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताउँदै उनले संक्रमणबाट बच्ने र बचाउने कुरा मुख्य भएको धारणा समेत राखे । कोभिड–१९ खोपले पनि नयाँ भाइरसको लागि काम गर्छ कि गर्दैन भन्ने यकिन नभएको पनि उनले बताए ।  

कोभिडको सन्दर्भमा नेपालले जीवन पहिले की अर्थतन्त्र पहिले भन्ने बहस छेडिएको पनि प्रधानमन्त्री ओलीले बताए । कतिपय मुलुकले अर्थतन्त्र भनेको उल्लेख गर्दै उनले नेपालले जीवन पहिला भन्ने मान्यता अंगालेको बताए । मानिस सोत्तर भएपछि अर्थतन्त्र उठ्छ कहीँ ? उनको भनाई थियो । 

Advertisement

Advertisement