कोरोना बीमाको दाबी भुक्तानी नदिएको भन्दै नेको इन्स्योरेन्स विरुद्ध बीमा समितिमा उजूरी

Advertisement

काठमाडौं । बीमा समितिमा कोरोना बीमासँग सम्बन्धित पहिलो उजूरी दर्ता भएको छ । समितिका अनुसार विगतमा कोरोना बीमाको दाबी भुक्तानीसम्वन्धी उजूरी आए पनि दर्ता भएको थिएन् । 

इनरुवा सुनसरीका धर्मराज भण्डारी नाम गरेका बीमितले नेको इन्स्योरेन्स विरुद्ध समितिमा उजूरी दिएका हुन् । आफूले बीमा दाबी गरेको लामो समयसम्म पनि दाबी भुक्तानी नभएको भन्दै उनले उजूरी दिएको बताएका छन् । 

Advertisement

भण्डारीले कर्पोरेट नेपालसँग भने, ‘म लामो समयदेखि भुक्तानीको पर्खाइमा बसें । तर जति पर्खँदा पनि भुक्तानी पाइएन् । बीमा गरेपछि आफूले पाउनुपर्ने पैसा चाहियो भनेर मात्रै मैले उजूरी हालेको हो ।’

२० पटकसम्म आशावादी भएर कम्पनीमा पुग्दा पनि आफूलाई कहिले कता जानु कहिले कता जानु भनेर अल्मल्याउने काम गरिको भन्दै नियमानुसार पाउनुपर्ने पैसा समयमा नपाएपछि बाध्य भएर उजूरी गरेको उनले बताए । 

बीमित भण्डारीले एक साताअघि समितिमा उजूरी दर्ता गरेका छन् । भण्डारीले २०७७ जेठमा कोरोना बीमा गराएका थिए । उनले असोज १ गते भुक्तानी माग गर्दै नेको पुगेका थिए । 

स्वास्थ मन्त्रालयले भेरिफिकेसन नगरिकन दाबी भुक्तानी नहुने तथा पुल म्यानेजर शिखर इन्स्योरेन्स रहेकाले  भुक्तानी माग्न पटक पटक नधाउन नेको इन्स्योरेन्सले जवाफ दिने गरेको भन्दै पीडितले आफूले दाबी भुक्तानीका लागि हैरानी भोग्नुपरेको गुनासो गरे । 

भण्डारी आफ्नो र श्रीमतीमा कोरोना पोजेटिभ देखिएपछि बीमा गरिएअनुसारको दुई लाख रुपियाँ बिमांक पाउनु पर्ने माग दाबी गरिएको थियो । 

उजूरीकर्ताको तर्क
बीमा गरिसकेको मान्छेको भुक्तानी कम्पनीले गर्दिन भनेर सुःख नहुने उजूरीकर्ता भण्डारीको भनाई छ । कम्पनीले प्रक्रियामै छ भन्ने तथा बीमा समितिले हामीले हेर्दैछौं भन्ने गर्दा आफूलाई निकै झण्झट भएको उनले बताए । 

कोराना भएसँगै ललितपुरस्थित बीमा समिति परिसर नजिकै रहेको सर्वाङ्ग अस्पतालमा आइसोलेसनमा बसी उपचार गराएको भण्डारीले बताए । त्यसपछि थप उपचार नर्भिक अस्पतालमा गराएका उनले करिब छ लाख रुपियाँ खर्च भएको जानकारी दिए । 

आफूसँग अस्पतालमा भर्ना भएको सम्पूर्ण काजजाजहरू सुरक्षित रहेको भन्दै पीडित भण्डारीले अस्पतालका बिलहरु समेत कम्पनीमा पेश गरेको जानकारी दिएका छन् । 

कोरोना बीमाको दाबी भुक्तानी माग गर्दै आफू एक पटक अर्थ मन्त्रालयसम्म पुगेको उनले सुनाए । तर आफ्नो दाबी भुक्तानीका लागि कतैबाट पनि सुनुवाई नभएको भण्डारीले गुनासो गरे । 

उनले भने, ‘अब मिडियाबाटै पहल भएमा मेरो पैसा पाइएला, अहिले मलाई पैसाको खाँचो छ । बीमा क्षेत्रको सम्बन्धित निकायसम्म त सबैतिर पुगिसकेँ ।’

बीमा समितिले प्रकाशन गरेको पछिल्लो तथ्यांक अनुसार पाँच अर्ब १४ करोड रुपियाँ बराबरको भुक्तानी भइसकेको छ भने बीमितका नौ हजार १६३ फाइल प्रमाणिकरण प्रक्रियामा रहेका छन् । 
 

Advertisement

Advertisement