एशियन लाइफले हस्तान्तरण गर्यो मृत्यु दाबी बापतको रु. ५९ लाख

Advertisement

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्सको तर्फबाट बनेपा शाखाले  स्व. राजुकुमार अधिकारीको परिवारलाई मृत्यु दाबी वापत आज रु. ५९ लाख २० हजार रुपियाँ भुक्तानी गरेको छ । 

कम्पनीको सहायक महाप्रबन्धक लोकराज जोशीले कम्पनीको तर्फबाट बीमितको श्रीमति  इन्दिरा पुडासैनीलाई बनेपा शाखा कार्यालयमा दाबी रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

Advertisement

स्व. अधिकारीले २०७५ असोज २१ गते रु. ५० लाखको अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । उनको २०७७ काीत्तक १८ गते गते निधन भएकोले बीमितले बीमाशुल्कवापत ३ वर्षको अवधिमा कम्पनीलाई रु. १३ लाख ४२ हजार रुपियाँ भुक्तानी गरेका थिए । 

Advertisement

Advertisement