विद्युतीय बस किन्न बल्ल साझाले टेण्डर गर्यो

Advertisement

काठमाडौं । लामो समयदेखि चर्चामा रहे पनि साझा यातायातले अघि बढाउन नसकेको विद्युतीय बस खरीद प्रक्रिया बल्ल सुरु गरेको छ । साझाले कम्तिमा ४० वटा बस ल्याउन शुक्रबार टेन्डर आह्वान गरेको हो । 

यसअघि विद्युतीय बस किन्न सरकारले तीन अर्ब रुपियाँ दिए पनि साझाले  प्रक्रिया अघि बढाउन नसकेपछि पैसा फिर्ता गरेको थियो । साझाका अध्यक्ष कनकमणि दीक्षितले राजनीतिक लबिङ गरेर सो रकम फेरि फिर्ता ल्याएका थिए । 

Advertisement

साझाले नेपाल विद्युत प्राधिकरण र यातायात व्यवस्था विभागसँग बसेर तयार पारेको मापदण्डका आधारमा टेण्डरको सुचना निकालेको छ । आधुनिक र सुविधासम्पन्न हुने जनाइएका यी बसहरू सीसी क्यामरा, वाइफाइ, टेलिभिजन रहने छ । पहिलो चरणमा ल्याइएका बसहरू सञ्चालनमा आएपछि त्यसको नजिता हेरेर थप बसहरू खरीद हुने साझाको भनाई छ ।

Advertisement

Advertisement