ललिता निवास प्रकरणमा माधव र बाबुरामविरुद्ध मुद्दा चल्ने संकेत, अदालतले फाइल मगायो

Advertisement

काठमाडौं । बहुचर्चित ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चल्ने संकेत देखिएको छ । सोसम्वन्धमा परेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट फाइल झिकाउन आदेश दिएको छ । 

सोमबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको इजलासले सुनुवाई गर्दै अख्तियारको निर्णय झिकाउन आदेश दिएको हो । जग्गा अनियमिततामा मुख्य दोषीलाई उन्मुक्ति दिएर मतियारलाई मात्रै कारवाही अघि बढाइएको भन्दै चर्को विरोध हुँदै आएको छ । तर, मन्त्रिरिषद्ले गरेको निर्णय नीतिगत हुने तर्क गर्दै नीतिगत निर्णयविरुद्ध जाने आफ्नो अधिकार नरहेको अख्तियारले तर्क गर्दै आएको छ । तर निवेदकहरू नीतिगत निर्णयको परिभाषा यसअघि नै सर्वोच्चले गरिसकेको भन्दै ललितानिवासको सरकारी जग्गा अनियमितता नीतिगत निर्णयमा नपर्ने बताएका छन्  । 

Advertisement

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउनेहरुमाथि अख्तियारले मुद्दा चलाउँदा पूर्वप्रधानमन्त्रीद्वय माधव र बाबुराममाथि मुद्दा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए । २०७६ माघ २८ गते दायर रिटमाथि आज सुनुवाई हुँदै सर्वोच्चले निर्णय झिकाउन आदेश दिएको हो । निर्णय झिकाउन आदेश दिएसँगै ललिता निवास जग्गा प्रकरणमा उनीहरु तानिने सम्भावना बढेर गएको छ ।

Advertisement

Advertisement