थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

Advertisement

काठमाडौं । काठमाडौंमा सम्पन्न २३ बर्ष मुनिको टिम सहभागी थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले हात पारेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको प्रतियोगिताको फाइनल खेलमा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो । 

खेलको १८ औं मिनेटमा नेपालका लागि सञ्जोग राईले पहिलो गोल गरेका थिए भने ४२ औं मिनेटमा विशाल राईले गोल थपेका थिए । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो । खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि रंगशाला पुगेका थिए । आजको खेलमा नेपाल सुरुवातदेखि नै बंगलादेशमाथि हावी भएको थियो ।  

Advertisement

बिजेताको रुपमा नेपालले पाँच हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेता बंगलादेशले तीन हजार डलर पाएको छ । यस खेलमा रहेको अर्को टिम किर्गिस्तान यसअघि नै बाहिरिएको थियो । 

यसै महिना तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट तयारीलाई मध्यनजर गर्दै थ्री नेसन्स कप फुटबल आयोजना गरेको हो ।

Advertisement

Advertisement