एचआर मिट सम्पन्न, विभिन्न विधामा कम्पनीहरू पुरस्कृत, व्यक्तिहरू सम्मानित

Advertisement

काठमाडौं । मानव संशाधन पुँजीलाई विकसित र सशक्तिकरण गर्ने लक्ष्यका साथ काम गर्दै आएको ग्रोथ सेलर्स प्रा.लि.ले १३औं संस्करणको एचआर मिट सम्पन्न गरेको छ । कम्पनीले सन् २००८ देखि यस्तो सम्मेलन गर्दै आएको छ । 

चैत्र १२ र १३ गते आयोजित १३औं एचआर मिटको दुई दिने गैरआवसीय सम्मेलनको उद्घाटन प्राडा. सन्दुक रुइतले गरेका थिए । सम्मेलनमा मानव संशाधन भित्रका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै समूहगत अन्तरवार्ता र छलफल भएको ग्रोथ सेलर्सका प्रबन्ध निर्देशक मोहन ओझाले बताए । 

Advertisement

यस पटकको मुख्य विषय ‘क्रियट एजिल इन्भाइरोमेन्ट’ रहेको थियो । सामान्य विषयवस्तुबाहेक यसपटक नयाँ विषयहरू थप गरिएको जानकारी दिँदै ओझाले जसमध्ये विभिन्न कम्पनीलाई काठमाडौं विश्वविद्यालयका विभागीय पूर्वडिन प्राडा सुवाश केसीको अध्यक्षतामा गठन भएको निर्णायक  मण्डलमार्फत विभिन्न विधामा पुरस्कृत गरिएको थियो 

यसअन्तर्गत एक्सेलेन्स इन एचआर इनोभेसन टेक्नोलोजी अवार्ड सूर्य नेपाल प्रालिलाई, एक्सेलेन्स इन इम्प्वाई एक्सपेरियन्स अवार्ड नबिल बैंकलाई, एक्सेलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट अवार्ड स्टाण्र्डर्ड चाटर्ड बैंकलाई, एक्सेलेन्स इन इन्डष्ट्रियल रिलेसन अवार्ड एसियन पेन्ट प्रालिलाई, नेशनल एचआर एक्सेलेन्स अवार्ड एनसेल प्रालिलाई प्रदान गरिएको थियो । 

मानव संशाधनको क्षेत्रमा लामो योगदान गरेर अवकास प्राप्त व्यक्तिहरूलाई सम्मेलनमा सम्मान गरिएको थियो । सम्मान पाउनेहरूमा शिक्षा क्षेत्रबाट प्राडा सुवाश केसी, स्टाण्र्डर्ड चाटर्ड बैंकबाट अवकाश पाउने विना राणा, युनिलिभर कम्पनीबाट निवृत्त हुने अम्बरबहादुर थापा, एभरेष्ट बैंकबाट अवकाश पाउने कुमार जोशी, सूर्य नेपालबाट अवकाश पाउने अवदेश जोशी, रिलायन्स स्पिनिङ मिलबाट दीपकबाबु तिवारी छन् । 

सम्मेलनमा मानव संशाधनको क्षेत्रमा कार्यरत व्यक्तिबाट ५० बटा लेख संकलन गरेर प्रकासित गरिएको कितावको विमोचन गरिएको थियो । उक्त पुस्तक काठमाडौं विश्वविद्यालयका पूर्वचान्सलर प्राडा सुरेशराज चालिसेले विमोचन गरेका थिए । 

सम्मेलनमा विभिन्न क्षेत्रका २६७ जनाको सहभागिता रहेको थियो । कार्यक्रमलाई निम्बल अफिस एचआरएम, राष्ट्रिय बाणिज्य बैंक, एमएडब्ल्यु, एनएलजी इन्स्योरेन्स, डिएभी कलेज, हिमालयन बैंक, प्रभु बैंक, यति कार्पेट, शिवम सिमेन्ट, ग्राण्डी हस्पिटल, एभरेष्ट इन्स्योरेन्स, काठमाडौं वल्ड स्कुल, बोष्टन कलेज, डिशहोम, भायनेट, सिताराम गोकुल मिल्सलगायतले प्रायोजन गरेका थिए । सो अवसरमा टिच फर नेपाललाई ५० हजार रुपियाँ नगद सहयोग गरिएको थियो ।

Advertisement

Advertisement