दश अर्बको एनआरएन डेभलपमेन्ट फन्ड दर्ता, छिट्टै आईपीओ निष्काशन हुने

Advertisement

काठमाडौँ । गैर आवासीय नेपाली संघ(एनआरएनए) को पहल र नेपाल सरकार प्रवर्द्धक रहेको एनआरएन डेभलपमेन्ट फन्ड नेपाल दर्ता भएको छ । दश अर्ब चुक्ता पूँजी भएको उक्त कम्पनी मंगलबार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको एनआरएनएका अध्यक्ष कुमार पन्तले जनाएका छन् । 

५ प्रतिशत लगानीसहित सरकारसमेत प्रवर्द्धक रहेको कम्पनीमा २ अर्बको प्रतिबद्धता प्राप्त भइसकेको र जुन यसै हप्ताबाट प्राप्त हुन थाल्ने अध्यक्ष पन्तले बताए । कम्तीमा १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ ।

Advertisement

८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन हुने र दसौँ लाख नेपाली सहभागी हुने अपेक्षा गरिएको छ । ‘संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन पाउनुहुनेछ’–अध्यक्ष पन्तले भने । 

तलका लिंक पनि क्लिक गर्नुहोलाः

दश अर्बको पूर्वाधार कम्पनीलाई १५० करोड लगानी जुट्यो, छिट्टै आईपीओ निष्काशनको तयारी

एनआरएनएले पूर्वाधारमा लगानी गर्न १० अर्बको कोष सञ्‍चालन गर्ने, ५ प्रतिशत सरकारको लगानी

 

Advertisement

Advertisement