भारतको जीडीपी १० प्रतिशतले बढ्दा नेपालको २.७ प्रतिशतले मात्रै बढ्ने अनुमान

Advertisement

काठमाडौं । विश्व बैंकले सन् २०२१/२२ मा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को वृद्धिदर दुई दशमलव सात प्रतिशत रहने संशोधित अनुमान सार्वजनिक गरेको छ । बैंकले बासिङ्टनबाट सार्वजनिक गरेको दक्षिण एसियाको आर्थिक अवस्थामा यस क्षेत्रको जीडीपीको वृद्धिदर सन् २०२१ मा दुई दशमलव सात प्रतिशत रहने र सन् २०२२ मा चार दशमलव चार प्रतिशत रहने जनाइएको छ ।

सन् २०२० मा भएको भारी गिरावटबाट दक्षिण एसियाको अर्थतन्त्र सुधारतर्फ रहेको औंल्याउँदै तर, आर्थिक क्रियाकलापमा देखिएको उतारचढावका कारण कोभिड १९ अघि अनुमान गरिएभन्दा न्यून मात्रै आर्थिक वृद्धि हुन पुगेको बताएको छ । कोभिडपछि धेरै उद्योग व्यवसायको आम्दानीमा गिरावट भएको र लाखौंले रोजगारी गुमाएको बिश्व बैंकको विज्ञप्तिमा उल्लेख छ । रोजगारी गुमाउने अधिकांश अनौपचारिक क्षेत्रको रहेको र उनीहरुले अझै पनि रोजगारी हासिल गर्न सकेका छैनन् । 

Advertisement

विश्व बैंकको क्षेत्रीय प्रतिवेदनअनुसार प्रतिकुल परिस्थितिका बीच पनि दक्षिण एसियामा सन् २०२२ मा ऐतिहासिक वृद्धिदर रहने छ । विद्युतको उपयोग र मोविलिटि डाटाले त्यो कुरालाई स्पष्ट संकेत गरेको बैंकको भनाई छ । यस क्षेत्रमा सबैभन्दा बढि भारतको आर्थिक वृद्धिदर १० प्रतिशत रहने विश्व बैंकको संशोधित अनुमान छ । यसअघि जनवरीमा विश्व बैंकले भारतको आर्थिक वृद्धि चार दशमलव सात प्रतिशत मात्रै अनुमान गरेको थियो । 

त्यस्तै, सन् २०२१ मा बंगलादेशको जीडीपी तीन दशमलव छ प्रतिशतले बढ्ने, पाकिस्तानको एक दशमलव तीन प्रतिशतले बढ्ने अनुमान छ । त्यस्तै, नेपालको जीडीपीमा सन् २०२३ मा पाँच दशमलव एक प्रतिशतले बढ्ने विश्व बैंकको अनुमान छ । यस तथ्यले दक्षिण एसियाको अर्थतन्त्र कोभिड १९ बाट नियन्त्रणमा आएको र खोप अभियान तीब्ररुपमा अघि बढेको देखिएको बैंकको भनाई छ । विप्रेषण आयमा भएको उल्लेख्य वृद्धिले नेपाल बंगलादेश पाकिस्तानको जीडीपीमा सकारात्मक प्रभाव देखिने परेको हो । 

Advertisement

Advertisement