प्राइम लाइफका सीईओको प्रश्न– अझै पनि जीवन बीमा किन गर्ने भन्ने बेला छ र ?

Advertisement

काठमाडौं । विगतमा जीवन बीमा किन गर्ने ? भन्ने विषयमा चर्चा र बहस हुने गथ्र्यो । तर अहिले अवस्था त्यस्तो छैन । परिस्थिति बदलिएको छ । हामीले बदलिँदो परिस्थितिअनुुसार आफूलाई पनि बदल्दै जानुपर्छ । अहिले त जीवन बीमा किन नगर्ने ? भन्दा बढि सान्दर्भिक हुने बेला आईसकेको छ ।

यद्यपी, बीमाका महत्व बुझ्नेहरूसँग जीवन बीमा गर्न पर्याप्त पैसा नहुन सक्छ । सो विषयमा पनि जीवन बीमा कम्पनीहरू गम्भीर भएका छन् । हामीले पनि त्यस्ता बीमितको अपेक्षा अनुसार बजार सुहाउँदो प्रोडक्ट ल्याईरहेका छौं । ल्याउने पनि छौं ।

Advertisement

जीवन बीमालाई यसरी बुझौं 
जीवन बीमा भनेको कस्तो हो ? भन्ने जान्नका लागि हामीले बीमाको परिभाषा जान्न आवश्यक हुन्छ । अहिले हामीले जुन किसिमले बीमालाई परिभाषित गरिरहेका छौं, त्यो त्यति पर्याप्त छैन् । कसैले बीमाशुल्क तिरेर एउटा बीमालेख खरिद गर्नुलाई बीमा भनेर बुझ्छ भने यो साह्रै संकुचित सोचाई भित्र पर्छ, चाहे त्यो जीवन बीमा होस् या निर्जीवन बीमा ।

निर्जीवन बीमा भन्नाले आफूले आफ्नो मातहतमा रहेका सम्पत्तिको सुरक्षाका लागि गर्ने हो भने जीवन बीमा चाहीं आफ्नो सुरक्षाको लागि गर्नुपर्छ भनेर बुझ्ने गरिन्छ । बुझाईन्छ । यसलाई त म निकै संकुचित परिभाषा भन्छु ।

बीमालाई फराकिलो कोणबाट सोच्न आवश्यक छ । हामीले गरेका अधिकांश गतिविधि बीमाकै परिभाषाभित्र पर्छन् । हाम्रो धेरै काम बीमा गराई जस्तै छन् । जस्तै, हामीले बिहान उठेर दाँत किन माझ्छौं ? दाँत स्वस्थ्य र सफा रहोस भनेर होनी । यो पनि त दाँतको बीमा नै हो । भोलि भविष्यमा दाँतमा जोखिम नआओस् भनेर हामी सावधानी अपनाएको हो ।

बीमा भनेकै भविष्यमा आउने जोखिमसँग सावधानी अपनाउने विधि हो । यसमा त धेरै गतिविधि जोडिन्छन् ।बीमासँग सम्बन्धित यस्ता उदाहरण धेरै छन् । हामीले नुहाउने, लुगा धुने गर्छौं । त्यो हामीले शरीरमा कुनै किटाणुहरू नआओस् भनेर सफा गरेको हो । नुहाउनु, लुगा धुनु भनेको पनि शरीरको बीमा गरेको त हो नि । छाता ओड्नु पनि तातो चिसोबाट बच्न गरिएको बीमा हो ।

अहिलेको समयमा बीमा किन गर्ने ? भन्ने त अब सुहाउँदो प्रश्न हुँदैन । बरु बीमा किन नगर्ने ? भन्दा चाहीं सुहाउँछ ।सबै काम सुरक्षित हुन् तथा सम्भावित जोखिमबाट बच्न गर्ने अनि बीमा चाहीं नगर्ने ? बीमा पनि त हाम्रै लागि आवश्यक छ भनेर ल्याएको सुरक्षणको वैज्ञानिक पद्दती हो । बीमालाई अन्तर्राष्ट्रिय रुपमा पनि महत्वपूर्ण मानिदै आएको छ ।

बीमामा आर्थिक कुरा जोडिएको छ भन्ने कसैको तकै हुनसक्छ । तर हामीले हेरौ न, एउटा सर्ट किन्न पनि त पैसा खर्च गर्नुपर्छ । व्यापारीलाई पैसा दिँदा सर्ट दिन्छन्, बीमालाई पैसा दिँदा सुरक्षण दिन्छ । फरक त्यही त हो । पसलबाट कपडा पाइन्छ । बीमा कम्पनीबाट रसिद पाईन्छ । अझ अहिले त एउटा राम्रो सर्ट किन्दा १०–१२ हजार रुपियाँ तिनुपर्छ । 

यता बीमा योजनाहरू पनि बीमितले आफ्नो आर्थिक अवस्था अनुसार किन्न सक्छन् । मलाई त जीवन बीमा झनै महत्वपूर्ण बीमा हो जस्तो लाग्छ ।

आफूले लगाउने लुगा हामीले धुन्छौं । पट्याउछौं । दराजमा राख्छौं । आईरन गछौं । त्यस्तै, मोवाईल किन्दा पनि त्यसमा खोल हाल्छौं । सिसा कोरिएला भनेर प्लाष्टिक टाँस्छौ । यसरी हामीले आफूले प्रयोग गर्ने सामग्रीको यति धेरै जतन र माया गरे पनि आफ्नै भने जीवन बीमा गर्न भुलिरहेका हुन्छौं । या भनौ जीवन बीमा किन होला भनेर गहन रुपमा सोच्न भ्याएका हुँदैनौं । 

बीमा भनेको संभावित जोखिमको विरुद्धमा सुरक्षण गर्ने विधि त हो नि । भुईचालो सधैं जान्छ भन्ने छैन । तर भुईचालो गएको अवस्थामा त बीमालेभन्दा अरू कसैले साथ दिँदैन । त्यसैले गर्दा बीमा गर्नु आवश्यक छ ।

 ईटालीमा अहिले बच्चा जन्मेको दिनमै दाहसंस्कार गर्ने ठाउँ खोज्ने गरिन्छ । यसको मतलब बच्चा आजै मर्छ भन्ने होइन । तर कुनै पनि मानिसको मृत्यु हुँदा ईटालीमा  जलाउने ठाउँको अभाव हुनेगर्छ । सो अभावबाट कसैले पनि सकस व्यहोर्नु नपरोस् भनेर जन्मैदेखि चिहान खोज्ने गरेको हो । यसलाई त बृद्धिजीवीहरूले व्यवस्थित जीवनशैली भनेर पनि परिभाषित गर्दै आएका छन् । 
हो, बीमा पनि त्यस्तै हो । अहिले सबै ठिकठाक छ भनेर ‘बीमा के आवश्यक छ ?’ भन्ने होइन । बीमाले गढबढीमा साथ दिन्छ भनेर बीमा गर्ने हो । बीमाको उत्पत्ति नै सोही सिद्धान्त अनुसार विकासित भएको हो । यही कुरा इतिहासका पानामा भेटिन्छन् ।

जीवन बीमाको उद्देश्य
आफ्नो र आफूमा आश्रित परिवारको लागि जीवन बीमा

 एउटा व्यक्तिले आज कमाएर परिवारलाई राम्रोसँग हेरेको छ भने भोलि उसको अनुपस्थितिमा पनि परिवारलाई असहज नहोस भनेर बीमा गर्ने हो । सोही कारण आफ्नो वार्षिक आम्दानीको केही प्रतिशत बीमामा लगानी गर्नु सक्छौं । बीमाशुल्क थोरै तिर्दा धेरै बीमाङ्क पाइने टर्म पोलिसि खरिद गर्न सक्छौं ।

हामीले वास्तवमा बीमा बुझाउनै सकेनौ 
मानिसले विद्यालयमा पढेर एक किसिमको ज्ञान हाँसिल गर्छन् । तर हामीसँग बीमालाई राम्रोसँग बुझ्ने–बुझाउने जनशक्तिको कमी छ । बीमाका संवाहकहरूमा चेतना आउनु जरुरी छ । 

अहिले व्यवसाय वृद्धि गर्ने होड छ । यसरी मात्रभन्दा पनि बीमा बुझ्ने बुझाउने कुरालाई प्राथमिकतामा राख्नु पर्छ । छिमेकी राष्ट्र भारतमा पनि परिक्षा पास नगरी अभिकर्ता बन्न पाइदैन । तर हाम्रोमा त्यस्तो छैन । पहिले १५ दिनसम्म त नेपालमा पनि अभिकर्ताको तालिम हुन्थ्यो । पछिल्लो समय त्यसमा विकृति छाएको छ ।

अभिकर्ताले आफूले बीमा राम्रोसँग बुझेर, बीमितलाई बुझाउँन जरुरी छ । बीमा गरिटोपलेको जसरी मात्र बीमा गरेर हुन्न । गर्नु पनि हुँदैन ।

यसमा त नियमनकारी निकाय बीमा समितिले पनि सोच्न आवश्यक छ । पछिल्लो समय समितिले पनि तालिम इन्ष्टिच्युट खोलेको छ । अब त्यस्ता संस्था थप्ने हो कि ? के हो, त्यसमा पनि अध्ययन गर्दा राम्रो हुन्छ ।

बीमितले बीमा गरिसके पनि जबर्जस्ती बीमा गराए भन्नु राम्रो कुरा होइन । अहिले दुई–चार लाख रुपियाँको बीमा गर्ने बीमितको संख्या धेरै होला । तर करोडौंको बीमा गर्ने बीमितको संख्या त पक्कै कम छ । हो, त्यस्ता करोडौंको बीमा गर्नेहरूलाई लक्षित गरेर केही कार्यक्रम चलाउन सकिन्छ ।

बीमितले के सोचेर बीमा गरेको हो ? किन बीमा गरेको हो ? भन्ने कुरा पनि अध्ययन गर्न जरुरी हुन्छ । सम्बन्धित निकायहरूले यसमा ध्यान दिनुपर्छ । बीमितले बीमा गरेकोमा ग्लानी मान्नु हुँदैन । बीमा भनेको बीमितलाई लट्पट्याएर गर्ने व्यवसाय होइन ।

बीमा अपरिहार्य छ । अहिलेको जमानसमा गास, बास र कपास चाहियो भन्ने त कमी भइसकेको छ । अहिले त स्वास्थ्य, शिक्षा र बीमा आधारभूत आवश्यकता भईसकेका छन् । बन्दै पनि छन् ।

प्राईम लाइफको अहिले १७ लाख बीमितहरू हुनुहुन्छ । सबै बीमितलाई बीमा कम्पनीको सीईओले भेट्ने होइन । मैले त उहाँहरूलाई चिन्दा पनि चिन्दिन । उहाँहरूको भेट अभिकर्तासँग वा अन्य कर्मचारीसँग हुनसक्छ । तर जोसँग भेट भए पनि बीमितहरूले पाउने सेवा चाहीं गुणस्तरीय हुनुपर्छ ।

एउटा सीईओकोतर्फबाट मैले चाहेको पनि त्यही हो । बीमितले दाबी–भुक्तानी पाउँदा हामीलाई पनि खुशी लाग्छ । जीवन बीमाको दाबी–भुक्तानीमा त त्यति समस्या छ पनि छैन । तर कहीकतै केही समस्याहरू छन् भने हामीले त्यसलाई सुधार गरेर अघि बढ्नुपर्छ । अहिले प्राइम लाइफले १६ किसिमका बीमा योजनाहरू बेच्दै आएको छ ।

नयाँ युवाहरू बीमा क्षेत्रमा आउनुपर्छ 
बीमामा रोजगारीका लागि अवसर राम्रो छ । यो क्षेत्रमा मेहनत गर्दा पैसा र इज्जत दुवै कमाईन्छ । पढेलेखेका मान्छेलाई बीमामा काम गर्न गाह्रो छैन् । बीमा क्षेत्रमा प्रवेश गर्नुअघि यसको बारेमा अलिकति बुझेर आउँदा राम्रो हुन्छ । तर बीमा क्षेत्रमा धेरै कुरा त काम गर्दै जाँदा सिक्दै गइन्छ । 

मैले आफ्नै कुरा गर्दा जीवन बीमा क्षेत्रमा आवद्ध भएको १३ वर्ष लागिसक्यो । तर अझै पनि मैले बीमासँग सम्बन्धित् नयाँ–नयाँ कुराहरू पनि सिक्ने अवसर पाइरहेको छु । कतिपय कुरामा हामीले आफ्नो विवेकको प्रयोग गर्नुपर्छ । कुनै पनि क्षेत्रमा मानिस विज्ञ भएर काम गर्न छिर्ने होइन । बीमा क्षेत्र पनि त्यस्तै हो ।

प्राईम लाइफमा नै बीमा किन ?
जीवन उपहार, नारी जीवन बीमा, प्राइम लाइफ पेन्सन प्लान यी तीन वटा प्रोडक्ट अन्य कम्पनीको भन्दा नितान्त फरक छन्् । यी बीमा योजनाका लागि बीमितले प्राईम लाइफ नै छान्ने गर्छन ।

अर्को कुरा भनेको हामीले दिने सेवाको स्तर राम्रो छ । यो हामीले भनेको होइन, बीमितहरूले नै भन्दै आएको कुरा हो । हामीले अभिकर्तालाई दिने शिक्षा राम्रो छ । हामीले सहि कुरा गरेर मात्र बीमा गरेर आउनु भनेर अभिकर्तालाई भन्छौ । यसले पनि हामीलाई राम्रो बनाएको छ ।

प्राईम लाइफ भनेको नयाँ किसिमले काम गरिरहेको कम्पनी पनि हो । मैले आज यही कम्पनीमा भएर मात्र भनेको होइन । प्राईम लाईफले ‘शुन्य वा तीन, विचार गरौं एक छिन’ भन्ने नारा सञ्चालनमा ल्याएको थियो । त्यसले प्राइम लाइफ आपmूलाई मात्र नभएर पूरा बीमा उद्योगलाई नै लाभान्वित हुन पुगेको छ ।

बीमा गर्दा तीन वटा सुविधा पाउँछौं । नगर्दा जीरो हुन्छौं भनेर भन्ने प्राईम लाइफ हो । त्यतिखेर प्राईम लाइफले आफ्नो लागि मात्र भनेको होइन । यो त समग्र जीवन बीमा हितको लागि भनेको हो । यस्तो चौडा छाती राखेर प्राईम लाइफले आफ्नो लागि मात्र भनेको हो र ?

बीमा उद्योग नै अघि बढ्नुपर्छ भन्नेर प्राइम लाइफ अघि बढेको छ । विभिन्न आरोह अवरोहमा पनि प्राइम लाइफले सही बाटो अपनाएको छ । सही बाटो देखाएको पनि छ । एउटा नेतृत्व लिइरहेको कम्पनीले गर्नुपर्ने पनि यही त हो । त्यो कुरामा सधै अगाडि छ प्राईम लाइफ ।

बीमा क्षेत्रका समस्या
बीमा कम्पनीहरुले बीमा समितिको डरमा भन्दा पनि स्वअनुशासनमा बसेर काम गर्दा राम्रो हुने देखिन्छ । अहिले बीमा कम्पनीहरूका लागि आर्थिक विनियम छ । बीमा ऐन छ । कम्पनी ऐन छ । बीमा नियमावली छ । यी सबै प्रावधानहरू भित्र बसेर कम्पनीहरूले काम गर्नुपर्छ । कसैले यो काम गर यो काम नगर भनेर भन्नु त राम्रो होइन नि ।

ऐनको बर्खिलाप नगर भनेर समितिले भन्नु भनेको त राम्रो कुरा होइन । नियम कानुनको छिद्र खोजेर कम्पनीहरू अघि बढ्न चाहे भने त बीमा समितिले पनि पछि थाहा पाउने हो । मेरो मान्यता त बीमा कम्पनीहरूले कुनै पनि हिसाबमा समस्या सिर्जना गर्न खोज्नु हुँदैन । गर्नु हुदैन नै भन्ने हो ।

एउटा कम्पनीले गलत कलम चाल्दा नियमनकारी निकायले सबैलाई निर्देशन दिनुपर्छ । अनि एउटा कम्पनीले मात्रै म राम्रो बन्छुभन्दा बजारमा रहेका सबै छिद्र पनि त हट्दैनन् । सोही कारण बीमा कम्पनीहरूले आफ्नो काम कर्तव्यको सही पालना गर्नुपर्छ । स्वनियमनमा बस्दा काम गर्न सहज हुन्छ ।

जीवन बीमाका साथीहरूले भित्रैबाट मनन गर्नुपर्ने कुरा
मैले जीवन बीमाका साथीहरूसँग भेट्दा बारम्बार केही कुराहरू भन्ने गरेको छु । हामीले भित्रैबाट मनन गर्नुपर्ने कुरा चाही के छ भने हामी साह्रै संवेदनशील व्यवसायमा छौं । जीवन बीमा कम्पनी भनेको त मानिसको जीवनको संवेदनासँग सम्बन्धित् पेशा हो । चाहे हामीले हाम्रो प्रोडक्ट र सुविधा राम्रो छ भनौ । तर वास्तविकता भनेको हामीले मानिसको जीवनमा हुनसक्ने संवेदनासँग जोडिएर काम गर्ने हो । मानिसको जीवनकै क्षति भएपछि जीवन बीमा जोडिन्छ ।

यस्तो क्षतिसँग जोडिएको विषय गाडिको ब्याट्री फेरेको जस्तो होइन । मानव जीवनको संवेदना भनेको कारखानाको मेसिन फेरेको जस्तो होइन । हामीले जागिरको रुपमाभन्दा पनि सेवाकै भावले जीवन बीमामा काम गर्न आवश्यक छ ।

कम्पनीको वास्तविकताभन्दा बढी बोनस दिन्छु भनेर बीमितलाई लोभ्याउनु हुँदैन । लटरपटर गरेर सेयर धनीलाई बोनस दिएर कम्पनी चलाउँछु भन्नु हुँदैन । त्यस्तो हिसाबले वास्तवमा जीवन बीमा व्यवसाय नै गर्नुहुँदैन ।

नियमनकारी निकायले कम्पनीलाई यो बदमासी गर्दा यस्तो कारबाही गर्छु, लौ त मैले भनेको नमानेको हेरौं भन्ने अवस्था सिर्जना हुनु राम्रो होइन । 

बीमा कम्पनीले बीमितको सेवालाई नै प्राथमिकतामा राखेर काम गर्दै जानुपर्छ । बीमितको हितमा नै मैले समग्र उद्योगको हित हुने देख्दै आएको छु ।

(प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईसँग कर्पोरेट नेपाल डटकमले गरेको कुराकानीमा आधारित)


 

Advertisement

Advertisement