नेकपा ब्युँताउने प्रचण्डको आग्रह सर्वोच्चद्धारा अस्वीकार

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहलाई अस्वीकार गरेको छ । 

सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने आफ्नो फैसलामा पुनरावलोकनको अनुमति नदिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरावलोकन निवेदन सुनुवाइका लागि अनुमति नदिएको हो ।

Advertisement

यसअघि गत फागुन २३ गते न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषिराम कट्टेलले दिएको रिटका आधारमा निर्वाचन आयोगले गरेको निर्णयलाई खारेज गरिदिएर माओवादी केन्द्र र नेकपा एमाले ब्युँताएको थियो । 

प्रचण्डले उक्त फैसला पुनरावलोकनको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले नेकपाको नाम विवादमा आफूले २३ फागुनमा गरेको फैसला नै अन्तिम भएको बताएको छ । 

Advertisement

Advertisement