मेरो पार्टीको अध्यक्ष भएर ओलीले गरेका बर्बादिका लागि म दुनियाँसँग माफी माग्छुः भुसाल

Advertisement

काठमाडौं । नेकपा एमालेका निलम्बित नेता घनश्याम भुसालले केपी ओलीले बर्बाद गरेको भन्दै उक्त बर्बादीका लागि आफूले माफी मागेका छन् । 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई अनुशासनको कारवाही गर्दै पार्टी सदस्यबाट छ महिनाका लागि निलम्बन गरेपछि भुसालले असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई म र मेरोबाहेक केही नदेख्ने बनाएको भन्दै ओलीले गरेका बर्बादीका लागि आफूले माफी मागेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । 

Advertisement

भुसाल ट्वीटरमा लेख्छन्, ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।’

Advertisement

Advertisement