फाष्ट ट्राकको ठेक्का विवादः लेखा समितिले सेनालाई प्रश्न सोध्यो

Advertisement

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्गको सुरुङ तथा पुल निर्माणको ठेक्का प्रक्रियाबारे संसदको सार्वजनिक लेखा समितिले नेपाली सेनालाई प्रश्न सोधेको छ । उक्त सडक निर्माणको जिम्मा सेनाले लिएको छ । 

फाष्ट्र ट्राकको ठेक्कामा अनियमितताको कुरा आएपछि लेखाले अध्ययन गरेको थियो । समितिले ठेक्का प्रक्रियाबारे सेनालाई विभिन्न जिज्ञासा राखेको छ । इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) मोडलमा ठेक्का दिने क्रममा पूर्वयोग्यता निर्धारण गरेर ठेकेदार छनोट गर्ने क्रममा अनियमितता भएको दावी गरिएको छ । 

Advertisement

सुरुङ र पुल निर्माणका लागि सेनाले गरेको ठेक्का आव्हानमा ४३ कम्पनी इच्छुक देखिए पनि दुई वटा मात्रै छनौट भएका थिए । सेनाको उक्त निर्णयपछि अयोग्य ठहरिएका ठेकेदारहरू रुष्ट भएका थिए । त्यसपछि लेखा समितिले अध्ययन सुरु गरेको थियो । 

समितिले ईपीसीको निर्देशिका नबन्दै ठेक्का प्रक्रिया थालेको, सार्वजनिक खरिद ऐनअनुसार ईपीसी मोडलको मोडालिटि तयार नगर्दै ठेक्का दिएको, सार्वजनिक खरिद अनुगमन कार्यालयसँग परामर्श नगरेको, एउटै प्रकृतिका काममा फरक प्याकेजमा ठेक्का दिएको, ठेकेदार कम्पनी छनौटमा विभेद गरेको जस्ता प्रश्न उठाएको छ । 

Advertisement

Advertisement