‘मिस्टर डोवल्स नम्बर वान लग्जरी’ ग्राहकमाझ लोकप्रिय बन्दै

Advertisement

काठमाडौं । नेपाली बजार सुहाउँदो एवं सस्तो मूल्यमा उपलब्ध भएकाले ‘मिस्टर डोवल्स नम्बर वान लग्जरी’  ग्राहकमाझ लोकप्रिय बन्दै गएको छ । यसले छोटो समयमै चर्चा कमाउन सफल हुनुको सुपथ मूल्य र गुणस्तर प्रमुख कारण रहेको छ । 

नेपाल लिकर्स प्रा.लिका कर्पोरेट महाप्रवन्धक कमल सिटौलाले कर्पोरेट नेपालसँग कुरा गर्दै भने, ‘गुणस्तरीय उत्पादनलाई सुपथ मूल्यमै ग्राहकहरूले पाउनु भएको छ । अहिले हामीले देशव्यापी रुपमा आफ्ना डिलरमार्फत यसको वितरण गरिरहेका छौं । ग्राहकहरूको माग बराबर सप्लाई क्षमता रहेको पनि छ ।’

Advertisement

मिस्टर डोवल्स बजारमा ७५०, ३७५ र १८० एमएलमा उपलब्ध छन् । तीन आकारमा उपलब्ध यस ब्राण्डमा ग्राहकहरूको आकर्षित बढ्दो रहेको छ । अन्तर्राष्ट्रियस्तरको लेबलिङ्, प्याकेजिङ् उपलब्ध यस ब्राण्ड आफ्ना अरु ब्राण्ड जस्तै  गुणस्तरमा उच्च कोटीको रहेको सिटौलाले बताए । यस ब्राण्डप्रति ग्राहकहरूको बढ्दो आकर्षणले आफूहरू सन्तुष्ट रहेको उनले बताए ।

सामाजिक उत्तरदायित्व
सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल लिकर्सले चाडपर्वदेखि खेलकुद कार्यक्रममा प्रायोजन समेत गर्दै आएको छ । यसै साता सम्पन्न फागु पूर्णिमालाई लक्षित गरी देशका विभिन्न कार्यक्रममा कम्पनीले प्रायोजनसमेत गरेको थियो । साथै, आगामी दिनमा कम्पनीले फुटबल म्याचहरूमा प्रायोजकको रुपमा सहकार्य गर्ने जानकारी दिएको छ ।

हालसालै सम्पन्न मिस्टर एण्ड मिस विराटनगरमा नेपाल लिकर्सले प्रायोजन गरेको थियो । यस्तै, मिस तामाङ् पनि कम्पनीले प्रायोजन रहेको थियो । 

गत फागुन २१ गते राजधानीस्थित होटल म्यारियटमा भव्य कार्यक्रमका बीच मिस्टर डोवल्स नम्बर वान लग्जरीको लन्च गरिएको थियो । सोही ब्राण्डको ब्राण्ड एम्बासडरमा प्रसिद्ध कार्यक्रम प्रस्तोता सुरज सिंह ठकूरी रहेका छन् ।

नेपाल लिकर्स प्रा.लि.ले थुप्रै लोकप्रिय ब्राण्डका मदिरा उत्पादन गर्दै आएको छ । विगतमा ल्याईएका रोयल च्यालेन्जर, सिग्नेचर, जीन, ब्लू रिबन्ड, एन्टिक्वीटी जस्ता मदिराका ब्राण्डहरू ग्राहकको रोजाईमा पर्दै आएका छन् । 

Advertisement

Advertisement