चिनियाँ जहाज भाडामा लगाउन मासिक शुल्क तय गर्दै निगम, एक साताभित्र प्रस्ताव मागिने

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमलाई ६ वर्षमा करिब साढे दुई अर्ब घाटा पुर्याएको चिनियाँ जहाज एमए ६० र वाई १२ नामका पाँच जहाज एक साताभित्रै भाडामा लगाउने प्रस्ताव आव्हान गर्ने भएको छ । निगमले चीनबाट ल्याएको ६ मध्ये पाँच वटा जहाज भाडामा लगाउने भएको छ । एउटा जहाज भने गत वर्ष दुर्घटनामा परेर पूर्ण क्षति भएर थन्किएको छ । बाँँकी पाँच जहाज भने भाडामा लगाउन निगमले उपयुक्त कम्पनी खोजन र उचित मूल्यमा भाडामा लगाउने तयारी गर्दै छ ।

जहाज भाडामा लगाउन मंगलबार निगमका उप प्रवन्ध निर्देशक केबी थापाको अध्यक्षतमा एक समिति बनाएको छ । समितिले एक साताभित्र जहाज भाडामा लगाउने प्रस्ताव आव्हान गर्ने भएको छ । निगमका प्रवन्ध महाप्रवन्धक डिमप्रसाद पौडेलले भने ‘अब एक साता भित्रमा मासिक कति शुल्क लिएर भाडामा दिने भन्ने विषय तय यही समितिबाट हुन्छ ।’ निगमका महाप्रवन्धक पौडेलका अनुसार सरकारकै निर्देशन अनुसार जहाज भाडामा दिन न्युनतम शुल्क तय हुने र एक साताभित्रै भाडामा दिन प्रस्ताव आव्हान हुने छ ।

Advertisement

निगमले सबैभन्दा पहिलो प्रयास भाडामा नै दिने प्रयास गर्ने छ । कुनै कारणबस भाडा गएन भने मात्रै सरकारले दिए अनुसारको दोस्रो विकल्पको रूपमा मात्रै जहाज बिक्रीको लागि प्रक्रिया अपनाउने जानकारी पनि दिएका छन् । 

चिनियाँ जहाजको पाइलटलाई अर्को प्रकारको जहाजमा सिफ्ट गर्ने गरी तयारी भएको निगमले जानकारी दिएको छ । चिनियाँ जहाज अब नचल्ने भएकोले निगमले स्थायी कर्मचारीलाई अरु नै जहाजमा लैजाने भएको छ । चिनियाँ जहाज हाल १८ जना रहेका छन् । जहाज नउडेपनि एक वर्षदेखि निगमले पाइलटलाई आवश्यक तलवसुविधा दिएर राखिरहेका छ । अब जहाजै नउड्ने भएपनि ट्वीनअटरको तालिम दिने छ ।

यसको विकल्पमा एयरवसमा लैजान पनि सकिन्छ भनेर आवश्यक तालिम दिइरहेको वायुसेवा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले बताए । निगमका पाइलटलाई दिनुपर्ने सेवा सुविधा र आवश्यक व्यवस्थापन भइरहेको निगमको भनाइ छ । 

निगमले सात वर्ष अगाडि भित्र्याएको चिनियाँ जहाज अन्ततः ऋण चुक्ता नगर्दै विस्थापित गर्ने अन्तिम चरणको तयारी गरिरहेको छ । तीन अर्ब ऋण रहेको यो जहाजले किस्ता तिर्न सुरु नगर्दै जहाज विस्थापन गर्ने निर्णयमा पुगेको हो ।

निगमले ५६ सिट क्षमताको दुईवटा एमए ६० र १७ सिट क्षमताको चारवटा वाई १२ जहाज भित्र्याउँदा तीन अर्ब १४ करोड ऋण तिर्ने बाँकी छ । यो ऋणको पहिलो किस्ता पनि नतिरी जहाज ग्राउन्डेड गरिएको थियो ।

निगमले सरकारमार्फत चीनको एक्जिम बैंकलाई दुईवटा एमए–६० को एक अर्ब ६५ करोड आठ लाख ८३ हजार र चार वटा वाई–१२ को एक अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ ऋण तिर्नुपर्ने छ। गत साता मात्रै अर्थ मन्त्रालयले निगमसँग भएको एमए ६० र वाई १२ ई नामकका जहाजलाई भाडामा लगाउन र भाडामा नलागेको अवस्थामा बिक्री गर्ने राय दिएको थियो ।

यो पनि पढ्नुस्,  

तीन अर्ब ऋणमा डुबेको जहाज कसरी हुँदैछ विस्थापित ? केमा कति गुमायो चिनियाँ जहाजले ?

Advertisement

Advertisement