मन्त्रिपरिषद्को बैठकः विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईं नियुक्त

Advertisement

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । 

नेपाल टेलिभिजनमा लामो समय काम गरेर महाप्रवन्धकसमेत भएका हुमागाईं हाल एक निजी टेलिभिजन संस्थासँग आवद्ध छन् । बोर्डमा यसअघि सदस्य मात्रै नियुक्त गरिएको थियो । 

Advertisement

त्यस्तै, मन्त्रिपरिषदले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा वनविद्ध किरण पौडेल, सदस्यमा बालकृष्ण कार्की, सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्यलाई नियुक्त गरेको छ । 

Advertisement

Advertisement