काठमाडौं महानगरपालिका र फोहोरमैला प्रभावितहरूबीच सात बुँदे सहमति (सहमतिपत्रसहित)

Advertisement

काठमाडौं । विगत एक साताभन्दा लामो समयदेखि उठ्न नसकेको फोहोर अब उठ्ने भएको छ । फोहोरमैला प्रभावित क्षेत्रका बासिन्दा र काठमाडौं महानगरपालिकाबीच शुक्रबार सात बुँदे सहमति भएको छ । सहमतिसँगै विभिन्न माग राखी आन्दोलनरत पक्ष फोहोर फाल्न दिन सहमत भएको छ । 

फोहोरमैला विसर्जनस्थल सिसडोल ल्याण्डफिल साइट र आसपातका प्रभावित धुनिवेंश र ककनी गाउँपालिकाका वासिन्दा तथा काठमाडौं महानगरपालिकाबीच बुधबार र बिहीबार चर्काचर्कीपूर्ण वार्ता भए पनि सहमति हुन सकेको थिएन् । 

Advertisement

प्रभावित क्षेत्रका बासिन्दाले काठमाडौंको फोहोरका कारण आफूहरूको स्वास्थ्यमा गम्भीर असर गर्दा पनि उनीहरूप्रति सरकार र काठमाडौं उपत्यकाका स्थानीय निकायहरू गम्भीर नभएको भन्दै आफूहरूले अघि सारेका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अडान राख्दै आएका थिए । यद्यपि उनीहरू आज काठमाडौं महानगरपालिकासँग सात बुँदे सहमति गर्दै आन्दोलनका कार्यक्रम फिर्ता गर्न सहमत भएका हुन् । 

यस्तो छ सहमतिपत्रः

Advertisement

Advertisement