मेलम्ची खानेपानी वितरणको औपचारिक शुभारम्भ

Advertisement

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरिएको छ । राष्ट्रपति विद्या भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गरेकी हुन् । 

त्यसक्रममा उनले पानीको फोहोरोको पनि उद्घाटन गरिन् । झण्डै तीन दशकदेखि काठमाडौंवासीले प्रतिक्षा गर्दै आएको मेलम्ची खानेपानी आयोजनाको परिकल्पना तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गरेका थिए । 

Advertisement

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु भइसकेको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण हुनेछ । 

Advertisement

Advertisement