अहिले मुग्लान (माओवादी) पस्ने हो भने पछि घर (एमाले)मा फर्किन नदिने बास्कोटाको चेतावनी

Advertisement

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले चाहिने भए अहिले घरमै बस्न माधव नेपाललगायतका नेताहरूलाई सुझाव दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो सुझाव दिएका हुन् । 

बास्कोटाले अहिले मुग्लान (माओवादी केन्द्र)मा पसे पछि घर (एमाले)मा फर्किन खोज्दा ठाउँ नदिने चेतावनी दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछि नलाग्न सल्लाह दिएका छन् । 

Advertisement

अंश र बंश चाहिए घरमै बस्न र मुग्लान नपस्न व्याङ्ग्यात्मकरुपमा बास्कोटाले माधव समूहलाई सुझाव दिएका हुन् । उनले भनेका छन्, ‘फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन ?’ बास्कोटा थप्छन्, ‘नेकपा राम्रो हो, सूर्य चिन्ह हाम्रो हो भनेर पुष्पकमल कम्रेडले एक महिना अघिसम्म सडक रन्काको कस्तोविधी झल्को आइराछ।फेरि कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन ? अंश र बंश चाहिए घरमै बस मुग्लान नपस छ।आठ दश महिना पछि कस्ले बास देला र ?“

Advertisement

Advertisement