कोरोनाको खोप किन्न विश्व बैंकसँग ८ अर्ब  ७० करोड लिने सम्झौता

Advertisement

काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग कोभिड—१९को खोपका लागि ७ करोड ५० लाख अमेरिकी डलर करिब ८ अर्ब ७० करोड नेपाली रूपैंयां) सहुलियतपूर्ण ऋण लिने सम्झौता गरेको छ ।

जनसंख्याको उच्च प्राथमिकता प्राप्त समूहमा कोभिड—१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको पहुँच विस्तार गर्न विश्व बैंक र नेपाल सरकारबीच  ७ करोड ५० लाख अमेरिकी डलर ( करिब ८ अर्ब ७० करोड नेपाली रूपैंया) बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

Advertisement

यस सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव श्री शिशीर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

कम्तिमा पनि ७२ प्रतिशत नेपाली जनसंख्यालाई खोप दिने सरकारको बृहत योजना रहेको छ। यसका लागि अतिरिक्त वित्तिय सहयोगले महत्वपूर्ण र समय सान्दर्भिक सहयोग पुर्या्उँने अर्थ सचिव शिशीरकुमार ढुंगानाले बताए।

उनले भने ‘कोभिड—१९ महामारीको स्वास्थ्य सम्बन्धी प्रतिकार्यका लागि  कोभिड—१९ विरूद्घका खोपहरूको खरिदका यसले महत्वपूर्ण सहयोग गर्ने छ । यो रकमबाट नेपालको राष्ट्रिय खोप वितरण योजना अनुरूपको प्रभावकारी खोप सेवा विस्तार र नेपालको स्वास्थ्य प्रणालीको सुदृढिकरण गर्न यो अतिरिक्त वित्तिय सहयोग उपयोगी हुनेछ ढुंगानाले बताए ।

गत वर्ष चैतमा विश्व बैंकद्वारा स्वीकृत गरिएको २.९ करोड अमेरिकी डलर (३.३ अर्ब नेपाली रूपैंया) बराबरको कोभिड—१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी  आयोजनाबाटै यस्तो सहयोग प्राप्त भएको हो । स्वास्थ्य र जनसंख्या मन्त्रालयको नेतृत्वमा यस आयोजनाको कार्यान्वयन स्वास्थ्य सेवा विभाग र अन्य सम्बद्ध संस्थागत निकायले गर्नेछन ।

यस अतिरिक्त वित्त सहयोगको ९० प्रतिशत हिस्साले कोभिड—१९ विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको खरिद, आपूर्ति र वितरणलाई सघाउनेछ । बाँकी रकमले कोभिड—१९ संक्रमणको परीक्षण, पहिचान र उपचारका लागि विद्यमान जनस्वास्थ्यका उपायहरूलाई टेवा दिनेछ ।  कोभिड–१९ विरूद्धका खोपहरूको माग र स्विकार्यताको सुधार गर्न सामुदायिक संलग्नता र जोखिम संचारलाई प्रवर्द्धन गर्नेछ । आयोजनाको कार्यान्वयन, अनुगमन र मूल्यांकन, र सिकाईलाई पनि बढावा दिनेछ । 

कोभिड—१९  विरूद्धका सुरक्षित र प्रभावकारी खोपहरूको समतामुलक र द्रुत पहुँच विस्तार गर्नु नेपालमा महामारीबाट जिवन रक्षा गर्न र उत्थानशिल पुनर्लाभ प्राप्त गर्न निकै महत्वपूर्ण भएको मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने । विश्व बैंक नेपालमा जीवन रक्षा, सार्वजनिक स्वास्थ्य तयारी प्रणालीको सुदृढिकरण, र नेपालको आर्थिक पुनर्लाभलाई उत्प्रेरित गर्न सरकारको महामारी प्रतिकार्यलाई सहयोग गर्न प्रतिबद्ध रहेको उनले बताए ।

विकासशिल देशहरूका लागि आर्थिक कोष र ज्ञानको  ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशिल देशहरूलाई यस महामारीका स्वास्थ्य सम्बन्धी, सामाजिक र आर्थिक असरहरू विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ। यस अन्तर्गत कम तथा मध्यम आय भएका देशहरूमा कोभिड-१९का खोपहरूको खरिद, वितरण, परिक्षण र उपचारमा सहयोग गर्नका साथै खोप प्रणालीको सुदृढीकरणका लागि बैंकले स्थापना गरेको १२ अब डलरको प्याकेज अन्तरगत यो सहायता प्राप्त भएको हो ।

यस वित्तिय सहयोग विश्व बैंक समुह स्तरिय बृहत कोभिड—१९ प्रतिकार्य अन्तर्गत पर्दछ जसले संसारभरका १०० भन्दा बढी देशहरूमा स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न, अति विपन्न घरधुरीहरूलई सहयोग गर्न र सबैभन्दा मारमा परेका मानिसहरूका लागि जिविकोपार्जन तथा रोजगारीका अवसरहरू कायम राख्नका लागि सहयोगी वातावरणको सिर्जना गर्न सहयोग गरिरहेको छ । 

Advertisement

Advertisement