कम तौल राखेर निर्माण सामग्री बेचेको भन्दै राजेश हार्डवयरका सञ्चालक पक्राउ

Advertisement

काठमाडौं । कम तौल राखेर निर्माण सामग्री बिक्री गरेको भन्दै महानगरीय प्रहरी बालाजुले राजेश हार्डवयरका सञ्चालक कमल कुमार शर्मालाई पक्राउ गरेको छ । 

दुई–तीन जना उपभोक्ताले उजुरी गरेपछि आफूहरूले सोधपुछका लागि उनलाई चौकीमा ल्याएको महानगरी प्रहरी वृत्त बालाजुले जनाएको छ । अहिले पीडित र हाडवयर सञ्चालक दुवैलाई राखेर कुराकानी सुनेर छानविन भइरहेको उक्त वृत्तका एक प्रहरीले जानकारी दिए । 

Advertisement

पीडितका अनुसार राजेश हार्डवयरले बिक्री गर्दै आएको फलामे छडमा प्रतिकुन्टल १०–१५ किलो तौल कम हुने गरेकाले बाध्य भएर उजुरी गर्नुपरेको हो ।  

राजेश हार्डवयर धेरै निर्माण सामग्री आपूर्ति गर्ने कम्पनीमा पर्दछ । 

Advertisement

Advertisement