नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सरोजकाजी तुलाधर पुनः चयन

Advertisement

काठमाडौँ । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सरोजकाजी तुलाधर पुनः चयन भएका छन् । आज सम्पन्न वार्षिक साधारणसभाले तुलाधरलाई नै पुनः अध्यक्ष चयन गरेको हो ।

अध्यक्षमा तुलाधरसहित कार्यसमिति सबै पदाधिकारी निर्विरोध भएका छन् । प्रथम उपाध्यक्षमा आइसीएफसी फाइनान्स लिमिटेडका सीईओ सुनिल पन्त, द्धितीय उपाध्यक्षमा पोखरा फाइनान्सका सीईओ रविन्द्रचन्द्र गुरुङ, महासचिवमा रिलायन्स फाइनान्सका सीईओ अनिल श्रेष्ठ, कोषाध्यक्षमा नेपाल फाइनान्सका सीईओ उद्धवराज थपलिया निर्विरोध चयन भएका हुन् । 

Advertisement

सदस्यहरुमा मञ्जुश्री फाइनान्सका सीईओ सन्तोष निरौला, सेन्टुल फाइनान्सका सीईओ रजोज्ञमान श्रेष्ठ, इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेडका सीईओ लिलामणी न्यौपाने, प्रोग्रेसिभ फाइनान्सका सीईओ विशाल भट्टराई, गोर्खाज फाइनान्सका सीईओ लाल बहादुर थिङ्ग, वेष्ट फाइनान्स लिमिटेडका सीईओ उमेशसिँह भण्डारी निर्विरोध चयन भएका छन् ।

Advertisement

Advertisement