आफ्नो नेतृत्वमा सरकार बनाउन काँग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

Advertisement

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गर्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ । 

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले ओलीको राजीनामा माग गर्ने निर्णय गरेको हो । संसद पुनःस्थापना भएपछि पनि मौन बस्दै आएको काँग्रेसले अहिले आएर आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गर्दै प्रधानमन्त्रीको राजीनामा माग्नु अर्थपूर्ण देखिन्छ । 

Advertisement

प्रधानमन्त्री केपी ओलीले रेशम चौधरीलाई रिहाई गर्ने योजनाअनुसार आन्दोलनरत थरुहटसँग वार्ताका लागि वार्ता टोली बनाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न गएका थिए । जनता समाजवादीले सरकारको समर्थनका लागि रेशम चौधरीको रिहाईलाई पहिलो शर्त बनाउँदै आएको छ । 

Advertisement

Advertisement