मेलम्चीको परिकल्पनाकार राजा वीरेन्द्र हुन, किसुनजीले मुखरित मात्रै गरेका हुनः कमल थापा

Advertisement

काठमाडौं । मेलम्चीबाट पानी ल्याई काठमाडौंका जनताको घरघरमा पुर्याउने आयोजनाको परिकल्पनाकार नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) नभई राजा वीरेन्द्र भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले बताएका छन् । 

ट्वीट गर्दै उनले राजा वीरेन्द्रको परिकल्पनालाई किसुनजीले मुखरित मात्रै गरेको बताएका छन् । थापा लेख्छन्, ‘मेलम्चीबाट पानी ल्याई काठमाडौँका जनताको घर घरमा पुर्‍याउने आयोजनाको परिकल्पना राजा बिरेन्द्रको हो।पछि किसुनजीले मुखरित गर्नुभयो। यस प्रसंगमा राजा बीरेन्द्रको नाम उल्लेख गर्दा हिनताबोध गर्नु जरुरी छैन। कसैले चाहेर पनि नेपाली इतिहासबाट राजाको नाम र योगदान मेटाउन सक्दैनन् । 

Advertisement

मेलम्ची खानेपानी वितरणको शुक्रबार राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गरेकी थिइन् । सो अवसरमा बोल्दै उनले यसको परिकल्पनाकारलाई धन्यवाद दिएकी थिइन् । तर, भण्डारीले यसको परिकल्पनाकार को हो ? नाम लिइनन् । प्रधानमन्त्री केपी ओलीले आफ्नो सम्बोधनमा यसको परिकल्पनाकारका बारेमा कुनै उच्चाहरण गरेनन् । काँग्रेसका नेता कार्यकर्ताहरुले भने मेलम्चीको परिकल्नाकार किसुनजी भएको बताउँदै यसको जस काँग्रेसले जाने दावी गर्दै आएका छन् । यद्यपि किसुनले गिरिजाप्रसाद कोइरालाको नीति र प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै काँग्रेस परित्यास गरेका थिए । 

Advertisement

Advertisement