पेट्रोलियम डिलर्स एशोसिएसनमा काँग्रेस पक्षधरको प्यानल विजयी

Advertisement

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनले लिलेन्द्रप्रसाद प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

दुई प्यानल भएर चुनावी प्रतिस्पर्धा भएकोमा प्रधान नेतृत्वको प्यानलले नविन श्रेष्ठको प्यानललाई पराजित गरेको हो । प्रधानले ३०२ मत ल्याउँदा श्रेष्ठले ४३ मत मात्रै पाए । प्रधानको प्यानल नेपाली काँग्रेस पक्षधर हो भने श्रेष्ठको प्यानल कम्युनिष्ट पक्षधर हो ।

Advertisement

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनिल गुरुङ, प्रथम उपाध्यक्षमा विनोद चौरसिया र द्वितीय उपाध्यक्षमा सुनिल बिड्ला निर्विरोध चयन भएका छन् । 

यसैगरी महासचिवमा विश्व अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका छन् ।

Advertisement

Advertisement