नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी

Advertisement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरीलाई नियुक्त गरेको छ । उनी कुवेतका हुन् । 

एन्फाको प्रविधिक समितिको सिफारिसअनुसार बालगोपाल महर्जनलाई हटाएर अलमुताइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हो । विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो–लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि अब्दुल्लाहलाई मुख्य प्रशिक्षक बनाएको एन्फाले जनाएको छ । 

Advertisement

उनीसँग कतार, अरेबिया, कुवेत, किर्गिस्थानलगायतका राष्ट्रिय टिमलाई प्रशिक्षण दिएको अनुभव छ । अलमुताइरीको प्रशिक्षणबाट नेपाली राष्ट्रिय फुटबल टिमले विश्व कप छनौट खेलमा राम्रो प्रदर्शन गर्ने आशा एन्फाको छ । 

Advertisement

Advertisement