साधना लघुवित्तमा सहायक अधिकृतसहित विभिन्न पदहरुमा रोजगारीको अवसर

Advertisement

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुमा कर्मचारीहरुको लागि दरखास्त आव्हान गरेको छ । 

लघुवित्तले जारी गरेको सूचना अनुसार सहायक महाप्रबन्धक एक सहित सहायक अधिकृत, सुपरभाईजर/ बरिष्ठ  सहायक/ सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही संख्यामा कर्मचारी माग गरिएको छ ।

Advertisement

वित्तीय संस्थाले विहीबार प्रकाशित गरेको सूचनामा जनाए अनुसार आप्mनो योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ । 

गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रीय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

Advertisement

Advertisement