साना ऋणीलाई कर्जा प्रवाहमा सहजीकरण गर्दै महासंघ, वाणिज्य र विकास बैंक दुबैसँग सम्झौता
महासंघ र नेपाल बैकर्स संघ बीच ऋण सहजीकरणमा सहकार्य गर्न १३ फागुन २०७७ मा भएको समझदारीपत्रमा हस्ताक्षरको फाइल फोटो ।

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले साना तथा मद्यौला कर्जा (एसएमई)लाई सहजीकरण गर्न सम्बन्धित वित्तीय संस्थासँग समन्वय गर्ने भएको छ । महासंघले सिफारिश गरेका उद्यमीलाई कर्जा प्रवाह गर्नेदेखि आवश्यक समन्वय र सहजीकरण गर्दै साना उद्यमीको प्रवद्र्धन गर्न वाणिज्य तथा विकास बैंकसँग सम्झौतासमेत गरेको छ ।

यसका लागि महासंघले यस अघि वाणिज्य बैंकहरूको छाटा संस्थासँग गरे अनुसारकै सहमति विकास बैंकको छाता संस्थासँग पनि गरेको छ ।  डेभलपमेन्ट बैंकर्स र महासंघबीच आइतबार लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) को प्रवद्र्धन गर्ने सम्झौता भएको छ ।

Advertisement

नेपालका ९० प्रतिशत विकास बैंक (एसएमई)मै भएकाले उनीहरूलाई वित्तीय सेवा सहज बनाउने उद्देश्यले महासंघसँग सम्झौता गरिएको डेभलपमेन्ट बैंकर्स एशोसिएशनका अध्यक्ष गोविन्दप्रसाद ढकालले बताए । उनका अनुसार ‘सबै विकास बैंकको एसएमई मै बढी लगानी भएको तथा ठूलो लगानी कम हुने भएकोले विकास बैंकसँग आवश्यक समन्वय गरी थप सहजीकरण गर्ने गरी सम्झौता भएको हो ।

यस्तो सम्झौता अनुसार प्रत्येक प्रदेशमा जाने र विकास बैंक र डेभलपमेन्ट बैंकस संघबीचको भएको यस्तो सम्झौता अनुसार यस्तो कर्जा प्रवद्र्धन गर्न सयन्त्र बनाउने नै सहमति भएको छ । महासंघ र डेभलपमेन्ट बैंकबीच योजना बनाउने र सोही अनुसार लगानी गर्ने पनि उल्लेख छ ।

महासंघ र विकास बैंकले बनाएको योजना अनुसार नै तालिम दिने,  साना लगानीकर्तामा पुग्ने र उनिहरूलाई सेवा दिने पनि हाम्रो उद्देश्य रहेको ढकाल बताउँछन् ।  ढकालका अनुसार महासंघले सिफारिश गर्ने तथा हाम्रा क्षेत्रीय प्रवन्धकले स्टमेट गर्ने र आवश्यकता अनुसार ऋण दिने तथा तालिम प्रदान गर्ने भन्ने उल्लेख छ । यस्तो सम्झौता अनुसार महमासंघको पनि दायित्व हो भने विकास बैंकले एसएमइमै काम गरिरहेकोले छ ।

साना साना उद्योग चलाउन यस्तो सम्झौताले थप सहजीकरण गर्ने पनि उल्लेख छ । कर्जा लिने उद्यमीको छनोट गर्ने, उनीहरूले पेश गरेको डकुमेन्टलाई स्केनिङ गर्नेसहितको काम भने बैंकले नै गर्नेछन् । यस्तो सम्झौतामा कसले कति दिने भन्ने छैन् भने छैन् । ढकालले भने ‘पहिले कतिलाइ आवश्यकता पर्छ भन्ने हो त्यसका लागि महासंघले आवश्यक समन्वय गर्ने पनि उल्लेख छ ।’

महासंघले भने यस अघि नेपाल बैंकर्स संघसँग १३ फागुन २०७७ मा गरे अनुसारकै एसएमईज सम्झौता विकास बैंकसँग पनि गरेको जानकारी दिएको छ । यस्तो सहमतिमा दुवै संस्था बीच भएको समझदारी अनुसार बैंकहरू र एसमएमईजहरूका बीच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट समस्या समाधान गर्ने भन्ने छ ।

यसका लागि उद्यमी, व्यवसायी एवं बैंकहरूकाबीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना गर्नका साथै उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रबर्द्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन सकिने उल्लेख छ ।

सम्झौतापश्चात सेवा सहजीकरण गर्न केन्द्रिय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकता अनुसार संयुक्त रूपमा प्रदेशस्तरीय विक्तीय साक्षरता कार्यत्रमहरू संचालन  पनि उल्लेख छ ।
 

Advertisement

Advertisement