एभरेष्ट बैंकको सीईओमा सुदेश खालिङ नियुक्त

Advertisement

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुदेश खालिङ नियुक्त भएका छन् । उनी बैंकको पहिलो नेपाली सीईओ हुन् । 

यो बैंकले २५ वर्षदेखि भारतीयलाई सीइओ बनाउँदै आएको थियो । सञ्चालक समितिको बैठकले पञ्जाव नेशनल बैंकले पठाएका गजेन्द्रकुमार नेगीलाई १७ महिनामै हटाएर खालिङलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । एभरेष्ट बैंकमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी छ । 

Advertisement

सीईओ नियुक्त खालिङले केही दिनमै कार्यभार सम्हाल्ने सञ्चालक समितिले जनाएको छ । खालिङसँग सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य, लक्ष्मी बैंक लिमिटेडको सीईओ, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका बैंक तथा वित्तीय संस्थामा २ दशक बढी काम गरेको अनुभव छ ।


 

Advertisement

Advertisement