पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु (माधव समूह) सडकमा

Advertisement

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेकपा एमाले (माधव नेपाल समूह)को विद्यार्थी संगठनले बबरमहलस्थित निगमको कार्यालय अगाडिको सडकमा प्रदर्शन गरेको छ । 

निगमले आइतबार पुनः मूल्यवृद्धि गरेपछि उक्त समूहका विद्यार्थीहरू विरोधमा उत्रिएका हुन् । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि  भएको र निगमको घाटा धेरै भएको भन्दै निगमले केही महिनादेखि लगातार मूल्यवृद्धि गर्दै आएको छ । 

Advertisement

विरोधमा उत्रिएका विद्यार्थीहरूले मूल्यवृद्धि तत्काल फिर्ता हुनुपर्ने भन्दै नाराबाजी गरेका थिए । 

Advertisement

Advertisement