कुमारी बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा १० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौँ । कुमारी बैंक धनगढीस्थित कैलाली हस्पिटल प्रालिबीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख दीपक खनाल र कैलाली हस्पिटल प्रालिका जनकराज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौता-पत्र अनुसार कैलाली हस्पिटलमा ओपिडि, बेड चार्जेज, एक्स-रे, एन्डोस्कोपी लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा सेवाग्राहीले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

Advertisement

कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ । 
 

Advertisement

Advertisement