ज्योति लाईफ र ब्लु बर्ड इन्टरनेसनल क्लिनिकबीच सेवा सम्झौता

Advertisement

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा ब्लु बर्ड इन्टरनेसनल क्लिनिक काठमाण्डौसंग बिभिन्न स्वास्थ्य परीक्षण, उपचार तथा बीमाका सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ । 

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई प्रदान गरिने बिशेष कार्ड ज्योति केयर्स कार्ड बाहक ग्राहक तथा निजका परिवारका सदस्यहरुले ब्लु बर्ड इन्टरनेसनल क्लिनिकमा बिभिन्न स्वास्थ्य परीक्षण तथा उपचार सेवामा ७ देखी २० प्रतिसतको छुट प्राप्त गर्नेछन् । 

Advertisement

ज्योति लाईफले ब्लुबर्डका कर्मचारीको सामुहिक म्यादी जीवनको सेवा प्रदान गर्नेछ साथै ज्योति लाईफमा बीमा गर्न चाहने ग्राहकहरुको आवश्यक स्वास्थ्य परीक्षण समेत ब्लुबर्ड क्लिनिकमा गर्न सकिनेछ ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख प्रकाश बिक्रम खत्री तथा ब्लु बर्ड इन्टरनेसनल क्लिनिकका प्रबन्धक जीतेन्द्र कारन्जितले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा दुवै कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
 

Advertisement

Advertisement