माओवादीले मन्त्री हुन गएका सबै आफ्ना साँसदलाई कारवाही गर्यो, तर बादललाई गरेन

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गरे पनि गृहमन्त्री रहेका रामबहादुर थापा बादललाई भने रहस्यमय ढंगबाट कारवाही गर्न बाँकी रहेको छ । 

सो पार्टीले आफ्नो निर्णय मंगलबार संसद सचिवालयमा दर्ता गराएको छ । चारै जना मन्त्रीहरू प्रतिनिधिसभाको सांसद नरहेको भन्दै माओवादी केन्द्रले सचिवालयलाई जानकारी गराएको हो । बादल भने राष्ट्रियसभाका साँसद हुन् । 

Advertisement

यसअघि माओवादीले उनीहरुलाई तत्काल पार्टीमा फर्किन निर्देशन दिनुका साथै २४ घण्टे स्पष्टिकरणसमेत सोधेको थियो । तर मन्त्री भएका उनीहरूले सो कुरालाई अस्वीकार गर्दै एमालेमै रहने प्रतिवद्धता गरेका थिए ।

Advertisement

Advertisement