सुन-चाँदीको मूल्य निरन्तर बृद्धि, यस्तो छ आजको कारोबार मूल्य

Advertisement

काठमाडौं । केहिदिन यता सुन-चाँदीको मूलय निरन्तर उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपियाँले बढेर ८८ हजार रुपियाँ कायम भएको छ । 

मंगलबार यसको मूल्य तोलामा ८७ हजार पाँच सय रुपियाँ थियो । यता तेजावी सुनको मूल्य पनि तोलाको पाँच सय रुपियाँले नै बढेर ८७ हजार ५५० रुपियाँ कायम भएको छ । 

Advertisement

मंगलबार यसको मूल्य ८७ हजार ५० रुपियाँ थियो । यस दिन चाँदीको मूल्य पनि १० रुपियाँले बढेर एक हजार २४५ रुपियाँ कायम भएको छ । अघिल्लो दिन यसको मूल्य एक हजार २३५ रुपियाँ थियो । 

Advertisement

Advertisement