सीवाईसी नेपाल र शालिग्राम लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सीवाईसी नेपाल र शालिग्राम लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जानलाई स्वीकृति दिएको छ। यस सम्बन्धी दुवै लघुवित्तका संचालकहरुबीच आज एक सहमति पत्रमा हस्ताक्षर भएको छ । 

दुवै लघुवित्तलाई तीन महिनाभित्र एकीकृत कारोबार गर्नेगरि मर्जरमा जानलाई सैदान्तिक स्वीकृति दिईएको हो । यी कम्पनीहरु  नेपाल स्टक एक्सचेन्जमा सुचिकृत नभएका लघुवित्त हुन् । 

Advertisement

यसअघि सीवाईसीको स्वाप एक सय र शालिग्रामको ८० रहनेगरि दुवै लघुवित्तले आरम्भ माइक्रोफाइनान्ससंग मर्जर गर्ने सम्झौता गरेका थिए। तर, उक्त मर्जर सम्झौता तोडीएपछि सीवाईसी र शालिग्रामबीच फेरी मर्जरमा जाने सैदान्तिक सहमति आज राष्ट्र बैंकमा भएको हो । 

सात करोड चुक्ता पुँजी र बाग्लुङ केन्द्रिय कार्यलय भएको सीवाईसी राष्ट्रिय स्तरको लघुवित्त हो भने एक करोड ६० लाख लघुवित्त भएको म्याग्दी केन्द्रिय कार्यलय भएको  शालिग्राम लघुवित्त गण्डकी प्रदेश स्तरीय लघुवित्त हो ।

Advertisement

Advertisement